Tuesday, April 3, 2018

एक दिन अवश्य आउँछ

एकातिर अनमोल जीवनको सन्चय हुन्छ ।
अर्कोतिर कहालीलाग्दो मृत्युको भय हुन्छ ।

यो स्वार्थी दुनियाँमा खुट्टा तानी चड्नुपर्ने
दुनियाँ पराजित भए उसको विजय हुन्छ ।

ऊ आँखामा छारो हाल्छ अरु अन्धा हुन्छन्
परीक्षा दिनु अगावै परीक्षाफल तय हुन्छ ।

मैले देखेको यथार्थ सबै सपना भैदिन्छ
जब पाउ मोल्नेको पक्षमा निर्णय हुन्छ ।

एक दिन अवश्य आउँछ सत्य त डग्दैन
त्यो दिन मात्र ती धमीराहरुको क्षय हुन्छ ।

ज्योति अनिश्चित ।
२०७४-१२-२०
१०:५० मध्यान्ह

No comments:

Post a Comment