Sunday, May 6, 2018

नफुलेको डाली थिएन ।

सम्झनाका तरेली नआउने प्रभात लाली थिएन ।
तिम्रो मुस्कान आँखाअघी नफुलेको डाली थिएन ।

मैले हारेँ होला सानु गोरेटोका दुइचार घुम्तीहरु
अनी तिम्रो आगमन पछी नजितेको पाली थिएन ।

सानु तिमीलाई कती बुझे बुझाएँ, बुझ्न चाँहे होला
तिम्रो रिक्तता पुरा भयो मनमा अब खाली थिएन ।

तिमी हैनौ पहिलो प्रेम शंका नगर्नु मायामा प्रिया
तिमीसँग प्रेम भयो सत्य हो जुन जाली थिएन ।

मैले रोजेको बाटो हिड्छौ भने आउ हात समाउँछु
रोपौला सँगै उद्यानमा फुलहरु जहाँ माली थिएन ।

मेरो रोजाइ गलत नभए तिमी पनि हैनौ सानु
गल्ती नै भए नि नदोहोर्याउनु भो अब गाली थिएन ।

तिमीलाई नै समर्पित गजल त सुन्छौ नि हैन काली
सायद सुन्छु अब आशाताली जहाँ कतै ताली थिएन । 

No comments:

Post a Comment