Sunday, May 20, 2018

आफ्नै अच्छाइले पिरोल्छ ।

आजभोलि हरेक दिन थकाइले पिरोल्छ ।
भोक निन्द्रा अनि काम गराइले पिरोल्छ ।

बेलुकी फुर्सद निकालेर मनको बह पोख्छु
अनी फेरी उन्को जवाफ नाइले पिरोल्छ ।

म ननिको थिइन , समयले ननिको बनायो
लाग्दैछ मेरो आफ्नै अच्छाइले पिरोल्छ ।

खै के पाइन्छ पाइन्न समयले देखाउला
तर पनि खाइ न पाइको खटाइले पिरोल्छ ।

झापामा जन्मे झापाली नै हुँ नेपाली पनि
भिराइन्छ ट्याग जाली फट्याँइले पिरोल्छ ।

ज्योति अनिश्चित । 

No comments:

Post a Comment