Wednesday, May 30, 2018

मलाई औसत चाहिँदैन ।

मन सफा होस कसैको चेहेरा खुबसुरत चाहिँदैन ।
साक्षी होस दुइ पवित्र मन अरु जमानत चाहिँदैन ।

माया गरेको तिमीलाई मनैदेखि, देखावटी हैन मैले
त्यसैले तुलना नहोस कसैसँग मलाई औसत चाहिँदैन ।

चाहे हजार झुट नै किन नहोस सत्य कहिल्यै डग्दैन्
मेरो चोखो मायाको पुस्टीमा कसैको अभिमत चाहिँदैन ।

लाखौ अस्त्र फिका हुन्छन मायाको सामु भने यो छाती
तिम्रो खातिर ढाल हुनेछ सानु अरु जरुरत चाहिँदैन ।

दिलाउन सक्छौ भने विस्वास म तिम्रै हुँ भनि दिलाइदेउ
मुटु चिरी हेर्नु छैन मायाको प्रमाण रातो रगत चाहिँदैन ।

विना भेटमा नि यादहरु पठाउनु प्रिया टाढा हुँदा पनि
सामिप्यताको आभाष देउ बरु समिपको बखत चाहिँदैन ।

No comments:

Post a Comment