Thursday, May 10, 2018

~स्व. दाजु पोषण कुमार गौतम(२०४६-२०६४) को गजल

मिलनका उज्याला थिए लाख आश
निभेको दियोझै हरायो प्रकाश ।

अविश्वास पाएँ नि तिम्रो मुटुमा
मैले रुवाएँ कि गडाएँ कि भासमा ? ?

बटुलेर सपना म बाँचिरहन्छु
त्यो आशु सहस्र अनि उच्छ्वास ।

ति सारा सुनौला विपना तिमीलाई
मिलनका उज्याला थिए लाख आश ।।

~स्व. दाजु पोषण कुमार गौतम(२०४६-२०६४) 

No comments:

Post a Comment