Sunday, May 20, 2018

बरु मरेको बखत चाहिँदैन ।

गर्नु तारिफ अगाडी नै बरु मरेको बखत चाहिँदैन ।
आफ्नै अस्मिता बेची बेची भो जमानत चाहिँदैन ।

केवल हाँसेर बोलिदेउ सत्रु त्यसै क्षय हुनेछ्न्
सत्रुको अगाडी मुस्कान हो अस्त्र तागत चाहिँदैन ।

तिमी सक्छौ भने उमङ्ग र खुशीको व्यापार गर
थालनी गर्न सफा मन काफी छ लागत चाहिंदैन ।

मलाई कहिल्यै आभाष भएन तिमीले माया गरेको
माया मुटुमा लेखिन्छ प्रिया कोरा कागज चाहिँदैन ।

तिमी रित्तिएर पनि पुर्ण हुनेछौ कोसिस गरेर हेर
जती बाँड्यो उति बढ्छ माया प्रिया बचत चाहिँदैन ।

- ज्योति अनिश्चित । 

No comments:

Post a Comment