Monday, May 7, 2018

माया मुटुभरी सानु ।


थाहै नपाइ तिमीले चोरेछौ मेरो निदरी सानु ।
आँखाअघि तिमीलाई नै देख्छु वरिपरी सानु ।

तिमीसँग बोल्न थाले भोकप्यास सब बिर्सन्छु
तिमीसँग प्रेममा परेछु म भन कसोगरी सानु ।

लोलाएका आँखाले नि तिमीलाई नै देख्छन्
ओठले वर्बाराउँछन् तिम्रै नाम घरीघरी सानु ।

तिमी जुन रहर बोकी ममा बाँधिन आयौ
पुर्याउँ कि रहर पुरा नाता अजम्बरी सानु ।

चिरेर देखाउँ कि ? मुटु, धमनी र शिराहरु
छ तिम्रो आकृती अनि माया मुटुभरी सानु ।

No comments:

Post a Comment