Wednesday, May 30, 2018

नदिए हुन्छ ।

एक्लै तिमी जिउन सक्छौ भने उत्तर नदिए हुन्छ ।
मलाई रत्ती माया गर्दिनौ भने चिन्ता नलिए हुन्छ ।

तिम्रो पर्खाइमा पलपल निसास्सिएर मर्छु होला
तिम्रो मौनताले नै मारिदिन्छ भने बिष नपिए हुन्छ ।

गजल आउँछ मिलाएर लेख्यो भनेर नसोच्नु प्रिया
याद र आशुले लेखेको देख्दिनौ भने म नजिए हुन्छ ।

समी पहिल्यै च्यातिसक्यो बिश्वासको पानाहरु
यदी भरोशा दिलाउन सक्दिनौ भने मन नसिए हुन्छ । 

No comments:

Post a Comment