Friday, May 25, 2018

नविन नाता लगाउँ कि ?

प्रकाशको बेग चोरी तिमीलाई भेट्न आउँ कि ?
ज्ञानी नानीसँग नौलो नविन नाता लगाउँ कि ?

घिर्नी र पाङ्ग्रा जस्तै मिलिमिली तिमी र म
मिलनको नौलो अध्याय आजैबाट थालुँ कि ?

रेसा धमनी र शिराहरुमा तिम्रै नाउँ बग्छ सानु
अनि फुटाएर मुटु पनि तिम्रो तस्विर देखाउँ कि ?

निस्चय नि त्यो मनमा नि थोरै त प्यार होला
स्थाइ होस हाम्रो नाता मनमनै तिमीलाई चाहुँ कि ?

चिताबाट पनि उठुँ लागोस तिम्रो स्पर्श हुँदा खेरी
तगाराहरु हटाइ सारा, तिम्रो हात समाउँ कि ? 

No comments:

Post a Comment