Monday, March 5, 2018

आफैँलाई बगाइदिएर ।

सम्झनाका तरेलीहरुमा आफैँलाई बगाइदिएर ।
भिजेका यी परेलीहरुमा आफैँलाई बगाइदिएर ।
एउटा हारेको कथा भन्छु सुन्ने हिम्मत छ संघी
सहेँलीबिच अकेलीहरुमा आफैँलाई बगाइदिएर ।

काँडा पनि बगैँचामा रमाउँदैथ्यो फुलहरु माझ ।
एक्लो किन भयो होला फुलबिच काँडा आज ।
बगैँचा त्यै थियो बगैँचे पनि, किन्तु फरक थ्यो
स्थानविशेष, काँडालाई पाउ र फुललाई ताज ।

जुन काँडा गड्यो आँखामा अनि विजायो मुटुमा ।
किन हिजो फेरि त्यही काँडा पनि सुहायो मुटुमा ।
प्रत्यक पलपिच्छे फरक हुन्छ कि चक्षुको दृष्टिकोण
हिजोअस्ती हसाउने मायाले आज रुवायो मुटुमा ।

No comments:

Post a Comment