Wednesday, March 7, 2018

नराख्नु है साथी ।

मनभित्र द्वेष अनि अहमं भाव नराख्नु है साथी ।
हिजो झ्यापको बेलाको हिसाव नराख्नु है साथी ।

शंकर कविता आदित्य नविनलाई गरेँ हुँला गाली
तिनै शब्द ओल्टाइपल्टाइ लगाव नराख्नु है साथी ।

सुनेँ नितेशले अलिक बढी चित्त दुखाका छन् रे
कहिलेकाहीको भुल हो नकाव नराख्नु है साथी ।

छन दृस्टान्त धेरै गुनासा पनि दिपकबाट होला
सधै एउटै कुराले फेरि दवाव नराख्नु है साथी ।

सुरेशलाई पनि छ्यापिदिएछु सराव सरावी भएर
भूलबस् भनि विर्सिदिएस् अफाव नराख्नु है साथी ।

विराट अजय संजय हरिलाई नि केहि भन्याभए
फेरि पनि माफी माग्छु अफवाह नराख्नु है साथी ।

सुमन टेकु पुष्प रोमन प्रकाश अरुण दाइ पनि
एस्तै रह्यो MSc विदाइ रिसराग नराख्नु है साथी ।

मिल्यौ मिलनको साथ, युगल मामाको मिलनमा
काडा पनि बिझ्न सक्छ गुलाव नराख्नु है साथी ।

हिजो सराव बोल्यो होला आज ज्योती बोल्दैछ
खाली पेटमा विन्ती अब सराव नराख्नु है साथी ।

No comments:

Post a Comment