Monday, July 16, 2018

हुँदैनन प्यारो पनि ।

जब साधु कहलाउँछ हत्यारो पनि ।
तब रगत बगाउँदछ धारो पनि ।

मसँग सबै छ भन्छ ज्योती बाहेक
सुन्दा पुर्ण झै लाग्छ अँध्यारो पनि ।

सबै आआफ्नै स्वार्थमा लिप्त छन्
कोही कसैको हुँदैनन प्यारो पनि ।

जब मनले जित्छ नि मस्तिस्कलाई
संसारमा केहि हुन्न अफ्ठ्यारो पनि ।

सायद भाग्य दुर भैदिएपछि यहाँ
परेली भैदिन्छ अनि तगारो पनि । 

No comments:

Post a Comment