Wednesday, July 25, 2018

परोढा अर्कैको थियो ।

सामुन्ने देखियो कोही मोहडा अर्कैको थियो ।
चाबुक उसैको होला घोडा अर्कैको थियो ।

उनिहरुको सामिप्यता देख्दा सायद लागेन
पछी पो थाहा पाएँ परोढा अर्कैको थियो ।

यो कलिमा को आफ्नु होला सोचिहेर त ?
जोसँग सहबास भयो जोडा अर्कैको थियो ।

जस्को आडमा तिमी माथी पुग्यौ नि हेर
उसैले खसाल्छ भुइँमा गोडा अर्कैको थियो ।  

No comments:

Post a Comment