Wednesday, July 25, 2018

जन्जीरमा बाँचेका हुन्छन् ।

सबै आ-आफ्नु तकदीरमा बाँचेका हुन्छन् ।
हुनेहरु सुखमा नहुने पीरमा बाँचेका हुन्छन् ।

सदा सत्कर्म गर्ने गोविन्द केसीहरु समाजमा
जाजरकोट र डोल्पाको भिरमा बाँचेका हुन्छन् ।

चुनावमा भ्रमको खेती गरी जनता ठग्नेहरु भने
दिनहुँ फुलमाला र अविरमा बाँचेका हुन्छन् ।

ती शोसकहरुलाई कर तिरी पाल्नेहरु कठै
त्रीशुली र कर्णालीको तीरमा बाँचेका हुन्छन् ।

गर्ने थिए होला केहि यदी कुलमानहरु भए
विचरा तिनीहरु पनि जन्जीरमा बाँचेका हुन्छन् ।

मेरो देश समृद्द हुने थियो धेरै पहिलेबाट यदि
गुलामी नभइ सबै जागीरमा बाँचेका हुन्छन् ।

म मेरो देशमा यस्ता मान्छेहरु खोजिरहेछु
जो चौडा छाती र उँभोशीरमा बाँचेका हुन्छन् ।

No comments:

Post a Comment