Wednesday, July 25, 2018

पुजिरहेछु पथ्थर आसै बिना ।

युद्द गर्नुछ अब मुङ्रो र बाँसै बिना ।
परास्त गर्नुछ सबलाई लासै बिना ।

खै किन म त्यो ढुङ्गो पुजिरहेछु
तर पुजिरहेछु पथ्थर आसै बिना ।

अब काम गरे-नगरेनि फरक पर्दैन
जब हिर्कायो घडिले बिकासै बिना ।

ब्यथा मुर्कुटालाई भनेर के फाइदा ?
जो मुग्दर्शक बनिदिन्छ सासै बिना ।

मलाई मेरो मनले के भन्छ थाह छ ?
के गरी खान्छस केटा त्रासै बिना ?

No comments:

Post a Comment