Sunday, July 22, 2018

पासो प्यारो हुन्छ ।

दुखिया जनकोलागि गुनासो प्यारो हुन्छ ।
म बबुरो कठैकोलागी पासो प्यारो हुन्छ ।

एउटी अबोध चौधबर्षमा बलात्कृत भएपनि
हुर्कन्छ भ्रुण अनि त्यै नासो प्यारो हुन्छ ।

म शब्द शब्द जोडेर आत्मकथा लेख्छु
पाठक हुन्छन रिपु र हासो प्यारो हुन्छ ।

रत्ति मन पराउदैनन उसको कुरा गरेको
तर ऊ स्वंयलाई अरुको चासो प्यारो हुन्छ । 

No comments:

Post a Comment