Monday, November 30, 2020

प्रेम असिम हुन्छ।

सुनाखरी फुल्दाखेरी जसरी वन रङ्गीन हुन्छ।
जति तिमी बोल्दै जान्छौ नि प्रेम असिम हुन्छ।

तारिफ कसरी नगरौ म जब निमेशमै प्रेम भयो
भग्नावशेष प्रेमदरवारको निर्माण नविन हुन्छ।

टहरो एउटा पाएँ मैले घाइते मुटुलाई बिसाउने
ट्याक्कै मिल्यो मन र पो नजर लवलिन हुन्छ।

राखेर सुजु तिमीलाई दिलभित्र हिफाजतसँग
ईश्वर साक्षी राखी दिएँ मुटु तिम्रै अधिन हुन्छ।

रचना-ज्योति अनिश्चित।
समर्पर्ण।
२०७७-०८-१५

No comments:

Post a Comment