Tuesday, November 17, 2020

मुस्कान हेरी तिम्रो ।

बहुत तारिफ गरुँ लाग्यो मुस्कान हेरी तिम्रो ।
बिछट्टै सुहाउदो लाग्यो दन्तबथान हेरी तिम्रो ।

ताराको टुक्राझैँ लाग्यो तिम्रो तेजस्वी चक्षुहरु
रुवाझैँ कोमल लाग्यो जिउ ज्यान हेरी तिम्रो ।

पाषण पनि पग्लिन्छ होला तिम्रो न्यानो स्पर्शले
खेर जाला शब्द तारिफ लबजज्ञान हेरी तिम्रो ।

ती फुल्बुट्टे पहिरनमा निस्चलताको सृङ्गारले
सगरकी पुतलीझैँ लाग्यो ध्यान हेरी तिम्रो । 

No comments:

Post a Comment