Tuesday, November 10, 2020

हुन सक्छ।

विज्ञानले पनि नजानेको वेदमा ज्ञान हुन सक्छ।
ज्ञानी कहलाएको मान्छे नि बेइमान हुन सक्छ।

म भने नित्य मायाको अनुभुति दिलाउन खोज्छु
सायद आभाष हुँदो हो या अन्जान हुन सक्छ।

तिम्रो व्याक्तित्व, वोलीवचनले नै फिदा भएछु म
तिमीले टेकेको भुमी पनि मेरो सिरान हुन सक्छ।

केहि पाउनका खातिर केही गुमाउनुपर्छ भन्छन्
के त्यागिदिँदा तिमी मेरी भन्ने भान हुन सक्छ?

No comments:

Post a Comment