Tuesday, November 10, 2020

आजभोलि।

प्रत्येक  मुहारमा तिम्रो रुपरङ्ग देख्छु म आजभोलि।
शितल आभाष हुने तिम्रो याद समेट्छु म आजभोलि।

कारण के थियो कुन्नि तिमीसँग औधी धेरै नजिकिएँ।
पाएभने एकान्त तिम्रोबारे गजल लेख्छु म आजभोलि।

ठम्याउन सकिन हामी कति नजिक कति टाढा भयौ
कल्पनामा मिनिस्कटमा आएसी भेट्छु म आजभोलि । 

No comments:

Post a Comment