Tuesday, November 10, 2020

सावित गरिदेउ।

मिथ्या मेरो प्यार हो भनि सावित गरिदेउ।
मैले जस्तै तिमीले घरमा वातचित गरिदेउ।

जसरी म तिम्रो खातिर दृढ भइदिन सक्छु
त्यसरी त्यो मुटुभित्र मलाइ सिमित गरिदेउ।

प्रेम र लडाइमा जे पनि जायज हुन्छ अरे
त्यसैले त प्रेमको हारलाइ नि जीत गरिदेउ।

सानु प्रेम र भरोषा अरुलाइ दिँदा बढ्ने हो
मेलै झै तिमीले पनि प्रेम समर्पित गरिदेउ।

म बाआमा रिझाएर सिउँदो भर्न सक्छु भने
तिमीले नि तिम्रो तर्फबाट सुनिश्चित गरिदेउ।
 
समर्पण
रचना- ज्यति अनिस्चित।

 

No comments:

Post a Comment