Wednesday, November 8, 2017

भेटुँ कसरी ?

पुर्णिमाको जुनलाई म नदेखुँ कसरी ?
नदेखेको माया मेरी उनलाई भेटुँ कसरी ?

म माया गर्छु उनलाई तर उनी गर्दिनन्
दाखिला गरी मनमा माया लेखुँ कसरी ?

हाललाई म एउटा समस्यामा गुज्रीरहेछु
लगातार आउने उनको याद छेकुँ कसरी ? 

के समावेश गरौ म ?

मान्दैन यो मन के आदेश गरौ म ?
तिमी नै नरहे के समावेश गरौ म ?

म आफै हत्यारो भएर आफैको यहाँ
अब आफै विरुद्द के केश गरौ म ?

मन शुन्य रह्यो आस्था जुन टुटेपछि
विश्वासै भएन अब के पेश गरौ म ?

कसरी मनाउँ आफैलाई ढाँटेर संघी
एक्लै भएसी फेरि के रेस गरौ म ?

मेरो छाया पनि मन पर्दैन भने
स्वयं कसरी अनि के फेस गरौ म ?

Monday, November 6, 2017

प्रेमिल मुटु चाहिदो रहेछ ।

कसैलाई माया गरी पागल उपनाम पाइदो रहेछ ।
लाउन्न भन्दा पनि माया छोटो पलमै लगाइदो रहेछ ।

माया बिज हुँदै होईन, पलाउनलाई समय चाहिने
हुन्छ माया आफै बरु प्रेमिल मुटु चाहिदो रहेछ ।

तिम्रो रुप हेर्या हैन ,तिम्रो यौवनको चाह छैन
हुन्न भन्छौ माया बारबार मुटुलाई रुवाइदो रहेछ ।

भरोशा ,विश्वासको र सौन्दर्यताको त्रीमुर्ती भन्थे
होइन रहेछ जिउँदै यहाँ मनमुटु जलाईदो रहेछ । 

आगोको फिलिङ्गो हुन्छ ।

बोकेर मनमा कुराहरु मन गरुङ्गो हुन्छ ।
जब गुम्सिन्छ मनभित्र अनि ढुङ्गो हुन्छ ।

मनमा लागेका कुराहरु खोल्दै जानु तिमी
सम्भव त मन शान्त अनि हलुङ्गो हुन्छ ।

तिमीलाई थोरै शंका लाग्यो भने पनि भन्नु
नभए त्यही कुरा आगोको फिलिङ्गो हुन्छ ।

म बुज्दिन केहि पनि यदी भनेनौ भने
जब भन्छौ अनि सबै कुराको टुङ्गो हुन्छ ।

चलिराकै छ ।

उमेर दिनदिनै ढलिराकै छ ।
समयले मलाई छलिराकै छ ।

तिमी तल म माथी भएपनी
नबोलेरै जिन्दगी चलिराकै छ ।

सोध्नेलाई सोध्छन के सुनाउ खै
मुटुभित्र आगो बलिराकै छ ।

ए संघी नभन मलाई दृढ भनेर
माटो गलेसारी तन गलिराकै छ ।


Friday, October 27, 2017

सताउँछ रे ।

अस्थिर हुन्छु म, त्यही हालचालले सताउँछ रे ।
कहिलेकाँही त्यसै व्यर्थ अवगालले सताउँछ रे ।

आफु भने उनको हालखबरबारे सोधिरहन्छु
फेरी उनलाई भने त्यही सवालले सताउँछ रे ।

आँटै भएन सिमा नाग्न, सिमानामा पुगी आएँ
लगाइएको बिचको त्यो पर्खालले सताउँछ रे ।

मनको कुरा कहिल्यै गोप्य रहेन त्यसैले त
भयो हाम्रो पवित्र नाता बबालले सताउँछ रे ।

Wednesday, October 25, 2017

समर्पण तिमी हौ ।

प्रभातमा छरिएको रातो किरण तिमी हौ ।
अपार यो माया दिने बिज कण तिमी हौ ।

थिइन रे पहिले यस्तो भन्छन साथीभाइ
परिवर्तित स्वंयको पहिलो लक्षण तिमी हौ ।

म मैन झै पग्लिएछु तिम्रो सामु यदा कदा
मन नै पगालिदिने अचुक लवण तिमी हौ ।

तिम्रै वरिपरी पाउँछु संसारका सारा खुशी
तिमी सगर तिमी सिन्धु मेरो भ्रमण तिमी हौ ।

चाह मेरो भए पनि मिलन हाम्रो सम्भव छैन
तर पनि यी प्रेमिल भावमा समर्पण तिमी हौ ।

समर्पण
ज्योति अनिश्चित ।

लवलिन उनी

लक्ष्य अनि आफ्नो जिम्मेवारीवोध भएकी ।
मिलनसार धेरै तर पनि थोरै क्रोध भएकी ।

नेत्रपटलमा उनको तस्विर कैद भइसकेछ
पारदर्शी व्यहभार अनि प्रतिसोध भएकी ।

लवलिन उनी फरासिली अनि हसिली पनि
प्रेरणादायी उनी कुसंस्कार विरोध भएकी ।

समर्पण
ज्योति अनिश्चित ।

Wednesday, October 18, 2017

हत्यारो भएर ।

आफ्नै मुटुको हत्यारो भएर ।
वैगुनीकै अति प्यारो भएर ।

व्यग्रता मनको नाप्न नसकेर
फालिदिएँ आफै झटारो भएर ।

तिमीले छोड्यौ यादले छोडेन
आँखाअघी तिमी तुसारो भएर ।

नैरास्यता मात्र आज पाएछु
प्रेमिल वार्तालाप उधारो भएर ।

सायद तिमीलाई मैले बुझिनछु
माया गर्न मलाई हतारो भएर ।

ज्योति अनिश्चित  

ढुङ्गामाटो देख्दा पनि

ढुङ्गामाटो देख्दा पनि कौतुहल हुन्छ ।
अनवरत लगनले मात्र कोही सफल हुन्छ ।

जब तिमी मेरो सामिप्यबाट टाढा हुन्छौ
अनी त कमिबाट मेरो माया प्रवल हुन्छ ।

जहाँ जाउँ त्यहाँको वायुमा तिमी पाउँछु
सायद पाइनछु भने ठुलै हलचल हुन्छ ।

म मेरो भावना समेटेर पाना रङ्गाउँछु
काफिया मिल्छ अनि त्यो गजल हुन्छ ।

ज्योति अनिश्चित  

Monday, September 18, 2017

माया


कि त मायासँग माया घुलाउनु पर्छ ।
हैन भने त्यो मायालाई भुलाउनु पर्छ ।

मायामा आधार हुन्छ अनि भरोशा पनि
यी यावत कुराहरु सबै खुलाउनु पर्छ ।

मायामा मायाकै आश जहिल्यै नराख्नु
धोका भए धोकाले नै सुलाउनु पर्छ ।

तिमीले माया गर्नेले वास्तै गरेनन् भने
मनलाई जसोतसो अन्तै डुलाउनु पर्छ ।

एउटा कुरा याद राख जस्तालाई त्यस्तै
रुवाउने मायालाई पनि रुलाउनु पर्छ ।

तर प्रेम यदी निस्चल छ भने संघी
वाटिकामा प्रेमिल फुल फुलाउनु पर्छ ।

आखिर प्राप्ती मात्र हैन रहेछ माया
त्याग पनि हो भनि फुल्याउनु पर्छ ।

Sunday, September 17, 2017

खोजीमा ।

दियो नजल्ने एउटा मन्दिरको खोजीमा ।
आफ्नो भाग्य देखिने तस्विरको खोजीमा ।

म पच्चिस वर्षदेखी अनवरत हिँडिरहेछु
मनलाई पनि बाध्ने जन्जिरको खोजीमा ।

सम्पन्नताले आखिर अन्धो बनाउँदो रहेछ
करुणाको दृष्टी हुने फकिरको खोजीमा ।

म पोत्न चाहन्छु सबैमा समानताको रङ्ग
पोतेपछी केहि नछुट्टिने अविरको खोजीमा ।

मेरो खोजी कहिले पुरा हुने हो कठै
जुनी बित्नेभो आफ्नै तक्दिरको खोजीमा ।

कहाँबाट ।

निर्दयी काल आउँछ छिपेर कहाँबाट ।
आइ लान्छ टपक्क टिपेर कहाँबाट ।

हिजोसम्म जग्मगाउने त्यो आँगनीमा
हरायो रश्मी औशी लिपेर कहाँबाट ।

मन उदास भयो स्वंय नितान्त एक्लो
रोप्यो मुटुमा कसरी खिपेर कहाँबाट ।

Saturday, September 16, 2017

कहिलेकाँही ।

प्यारो यो जिन्दगीदेखी हार्छु कहिलेकाँही ।
स्वप्न गगनमा मृत्यु स्विकार्छु कहिलेकाँही ।

अतितले नमिठोसँग झस्काइदिन्छ मलाई
त्यसैले त उनका याद बार्छु कहिलेकाँही ।

ए मन उनको याद बोकेर किन सताउँछस्
अनि त आफ्नै मन पनि मार्छु कहिलेकाँही ।

म रोए होला हिजो रुनुको कारण अर्कै थियो
तर आज अनायसै आशु झार्छु कहिलेकाँही । 

Tuesday, September 12, 2017

सकस ।

मनभित्र पिडा लुकाए पनि सकस ।
कसैसँग कुरा फुकाए पनि सकस ।

नयन रसाएपछी मात्रै पत्याउँछन्
आँखाभित्रै आशु सुकाए पनि सकस ।

सबैसँग झुक्न पनि जान्दिन के गरुँ
कसैसँग शिर झुकाए पनि सकस ।

कसैले गुन लगाउने मौकै दिदैनन्
कसैको भने गुन चुकाए पनि सकस । 

Wednesday, September 6, 2017

आफ्नोपन थिएन ।

आँखा मसँग थियो नयन थिएन
मुटु मसँग थियो धड्कन थिएन

स्वंय अधुरो थिएँ यता किन कि
तन मसँग थियो तर मन थिएन

छन् धेरै आफ्ना भनाउँदाहरु सबै
आफन्तहरु थिए आफ्नोपन थिएन

मैले पनि माया लगाइरथेँ एकफेर
तर त्योबेला यस्तो तड्पन थिएन

आफैले तोडिदिए त्यो व्यर्थ नाता
जहाँ छल थियो सत्यवचन थिएन

तिमीसँग प्रेम भएदेखी खुशी छु
यद्यपि हामीबिच आवागमन थिएन

एकतर्फी नै सही स्वंय अडिग छु
मानौ तिम्रो आस्था विचलन थिएन

सबै स्विकार्य मलाई तर तिम्रो
मौनाता भन्दा अर्को कफन थिएन

यही एउटा कुरा गड्छ मुटुमा सँधै
नभए मुटुमा अरुकेही जलन थिएन

ज्योति अनिश्चित




साहित्य साधना हो

साहित्य साधना हो
सिर्जना भावना हो

कल्पनाको वर्षाहरुमा
स्म्रिती प्रेरणा हो

प्रेम पुजारीहरुको
बन्दना अर्चना हो

प्रक्रिती सहेलीहरुमा
नर्वदा झरना हो

कुसुम करुणाहरु
श्रद्दा अर्पणा हो

स्वप्नकी अप्सराहरु
सदा सर्वदा हो 

Monday, September 4, 2017

Dohori in muktak.

ज्योति :
सुन पुनम तिम्रो यादले सारै नै सतायो
लाखौ मेरा प्रेमरत्न वाणी खै कता हरायो ?
निस्चय पनि लाएको माया भुल्न सक्दिन
तिरस्कारै गर जे गरे पनि मोहनी जगायो

पुनम:
अव्यक्त हुन्छु तपाइको सवाल आएर के भनुँ ?
बुझ्छु तपाईंको मनको हाल लाएर के भनुँ ?
भिन्न छु है भन्दिन ,  मलाई नि बुझ्नु
प्रेमको माला लाएर अवगाल पाएर के भनुँ ?

ज्योति:
बुझेको छु धेरथोर मैले नि अफ्ट्यारो पर्दिन।
आफु जली जलाउँला दिप अध्यारो पार्दिन
कुन सवाल मैले गरेर पैले अव्यक्त भयौ नि
तिम्रो इच्छा तिम्रो खुशी झन गाह्रो पर्दिन

पुनम:
बुझेको छु तपाइको भाव भन्न सक्दिन
तपाईंको माया धेरै नै गन्न सक्दिन
मनमा सन्देह केहि छैन तपाईंको बारेमा
श्रद्धा गर्छु तर प्रेमिका बन्न सक्दिन

ज्योति:
विश्वास नि गर्ने तर माया नहुने किन हो ?
तिम्रो यादमा आशुले परेली धुने किन हो ?
थाहा छैन मलाई सफल हुन्छु कि हुँदिन
प्रेमले मेरो मुटुमा तिम्रो नछुने किन हो ?

पुनम:
मबाट प्रेमको तपाइले चाहना नराख्नु
मनभित्र मप्रति प्रेमको भावना नराख्नु
कसरी भनुँ ,भन्न आफैलाई गाह्रो भो
यादले सताए मेरो कतै सम्झना नराख्नु

ज्योति:
सजिलो होला भन्नलाई अपनत्व गाह्रो
यादले मात्र जिउला बरु महत्व प्यारो
विज्ञानले पनि पारेन फेला औषधी यसको
भुलाउने क्षार,अम्ल कि तत्व भन्नै सारो

पुनम:
नराम्रो अनि तपाइको बारेमा कैले नि सोचिन ।
तपाइलाई त्यस नजरले मैले कैले नि देखिन ।
कृपा गरी मलाई अहिले एक्लै छोडिदिनु न
मलाई आत्मिय सम्झे नि मैले कहिल्यै सम्झिन ।


ज्योति:
मन टुटेको भए जोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
ओइलीझरेको भए गोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
तिमीलाई पक्कै केहि कुराले मन दुख्या हुनुपर्छ
विरह फालेर मन मोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।


पुनम:
साँचो भन्नु पर्दा मलाई मायामा विस्वास रहेन ।
म पनि माया गर्थे कसैलाई जुन खास भएन ।
तपाईंको मायालाई सम्मान छ अनि आदर छ
मायामा भय भो अझ मायाको सन्त्रास गएन ।

कारण केहि त थियो ।

उनी खुशी हुनुको कारण केहि त थियो ।
अफसोच मेरो खुसी भने उनीसित थियो ।

हजार प्रत्यत्न गरे सकिन रमाउन एकैछिन
कसरी रमाउनु जब एकतर्फी प्रीत थियो ।

विपनीमा नसही सपनीमा रमाएछु स्वंय
हारेर जहाँ मेरो हारमा उन्को जीत थियो ।

Friday, September 1, 2017

नेत्रपटलबाट गिरफ्तार गरी

नेत्रपटलबाट गिरफ्तार गरी मुटुनेर कैद गरेँ ।
तिमीलाई गुमाउने भयले अनि थुनेर कैद गरें ।

हजारौमा भनेपनि या लाखौमा, तिमी एक हौ
तिनै भिडबाट सानु तिमीलाई चुनेर कैद गरेँ ।

माया गुँरास सँगाली तिम्रो प्रतिक्षामा कुरीबसेँ
मायालाई पनि गुँरास सँगै उनेर कैद गरेँ ।

तिमीलाई प्रत्यक्ष नभेटी भावनात्मक प्रेम भयो
त्यसैले सायद तिम्रोबारेमा सुनेर कैद गरेँ ।