Wednesday, February 19, 2020

त्यो बेला।

जब भरोषा रहेन तिमीमा त्यो बेला।
लाग्छ बस्याभए परिधीमा त्यो बेला।

म आँफैमा यति धेरै टुट्ने थिइन होला
तिमी नभैदेकोभए छातीमा त्यो बेला।

लाग्थ्यो संसारमा तिमी उस्तै प्रेम गर्छौ
म जस्तै थिए गल्लीगल्लीमा त्यो बेला।

प्रेमको पहिलो अनुभव तिमी जो थियौ
थिएन कोहि अरु जीन्दगीमा त्यो बेला।

सायद कैद थियौ मुटुमा कैदमुक्त गर्दिएँ
मनमा बस्थ्यौ अनि परेलीमा त्यो बेला।

चोखो प्रेम थियौ र पो बिर्सन गाह्रो भयो
सम्झन्छु आउँथ्यौ हर सपनीमा त्यो बेला।

एउटा भुल गरेछु तिम्रो विकल्प खोजिन
विछोड भनिथ्यो होला लेखनीमा त्यो बेला।

समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-07

No comments:

Post a Comment