Wednesday, February 26, 2020

प्रभातमा उसको।

विश्वको तुला हलुको हुन्छ साथमा उसको।
स्वर्णिम पलानुभुती हुन्छ आभाषमा उसको।

क्या मिलनसार, मायालु व्याक्तित्व छ यिनको
सेरोफेरोमा हुँदा हर्षित हुन्छु खासमा उसको।

न कहिल्यै द्वेष राख्छन् न कहिल्यै रिसाउँछन्
पौरखी छन् सायद खुसी छन् ललाटमा उसको।

डेग दृढ भइहोस् सत्कर्ममा, शुभकामना छ मेरो
लक्ष्य पुर्ण भएको सुन्न पाउँ हर प्रभातमा उसको।


समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-14

No comments:

Post a Comment