Wednesday, February 19, 2020

नामेट नाम कुँदिएछ।

मुगाको माला, सुनको शिरबन्दी चाहिन्न भन्छिन्।
नामेट नाम कुँदिएछ, चोखो माया पाइन्न भन्छिन्।

दलिन मेरो उज्यालो भएको छ उनको आगमनले
हासो आँशु हो जीवन, झुटो वाचा खाइन्न भन्छिन्।

लहरिने केशराशी, हिमाल बिर्साउने दन्तलहर छ
प्रेम आँफै हुन्छ रे,  माया लाउन धाइन्न भन्छिन्।

समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-07

No comments:

Post a Comment