Monday, February 24, 2020

महफिल भने थिएन।

निष्ठुरीलाई भुलाउन हजुर मुस्किल थिएन।
दिन्थे तिमीलाई तर आँफैसँग दिल थिएन।

निर्मोहीले छियाछिया पारी छुरा रोपेर गई
मुटुभित्र पोलेपनि आँखा टिलपिल थिएन।

आकृति आँखैमा सिमित, म बन्द कोठाभित्र
दुनियाँ दुर भयो सिवाय याद धुमिल थिएन।

मेरा लागि पहिले ताली र वाहवाह सुनिन्थ्यो
अहिले एक्लै गाएछु त्यहाँ महफिल थिएन।

ज्योति अनिश्चित
कनपा 1
2076-11-11

No comments:

Post a Comment