Tuesday, October 13, 2020

तिमी हुँदा।

बढोस् दिलको धड्कन तिमी पासमा हुँदा।
बिना तार मिलोस् मन तिम्रो आशमा हुँदा।

तारा जुन फिका लागोस् धरती शुन्य होस्
तिम्रो साथ छुटे सानु, तिमी खासमा हुँदा।

वारी म पारी तिमी जीवनमा कैलै नहोस्
रिक्तता पुरा हुन्छ मेरो तिमी साथमा हुँदा।

समर्पण।
रचना अनिश्चित। 

No comments:

Post a Comment