Tuesday, October 13, 2020

यो कस्तो बबिता ?

 एकै दिनको सामिप्यता यो कस्तो बबिता ?
बढ्यो मनको ब्यहग्रता यो कस्तो बबिता ?

अस्तिसम्म कोहो ? आज आफ्नै लागिराछ
कसरी भयो आत्मियता यो कस्तो बबिता ?

विछिप्त एउटा मनले त्यस्तै मन सुनिदिन्छ
पोखिएछु म जतातता यो कस्तो बबिता ?

थाहा छ तिमीभित्र नि प्रश्नहरु तेर्सिएछन्
मेरो बारेमा उत्सुकता यो कस्तो बबिता ?

तिमीलाई थोरै चिने र धेरै जान्न मन भयो
मेटाउनु छ कौतुहलता यो कस्तो बबिता ?

तिमीसँग बोल्दा लाग्यो छुटेको संघी पाएँ
तिमी भैदिए सम्पन्नता यो कस्तो बबिता ?

म झापाबाट कर्णचक्षु चितवन पठाको छु
पाओस् कामले पुर्णता यो कस्तो बबिता ?

समर्पण।
२०७७-असोज २१ प्रात १:५५ 

No comments:

Post a Comment