Tuesday, October 13, 2020

तिम्रो व्यहभारिक विद्वता ।

सृष्टिमा विरलै पाइन्छ तिम्रो जस्तो निस्चलता ।
जगतमै भिन्न तिम्रो व्यक्तित्व पाइन्नौ जतातता ।

नारीगुण सम्पन्न मृदुभाषी र सहनशिल तिमी
रित्तिन्न प्रेमसागरबाट प्रेमभाव वहन्छ कताकता ।

मागेर मिल्ने भए यदी तिमीजस्तै माग्थे बरु
लच्छिनकी देवी घरमा, हुँदा मात्र सम्पन्नता ।

खरीले कोर्न सक्दैन न धुनले सक्दछ गुन्न 
तिम्रो महिमा भन्न सक्छ जो हुन्छ सामिप्यता ।

वरपर कोही नहुँदा आफ्नो, तिम्रो साथ हुन्छ
डाह कसैले नगरुन तिम्रो व्यहभारिक विद्वता ।


----समर्पण्----
रचना -ज्योति अनिश्चित
 

No comments:

Post a Comment