Saturday, October 17, 2020

मितिनी ज्यू ।

समाल्नेछु तपाईंको साथ अनि प्यार मितिनी ज्यू ।
चिनजनी छोटो तर आत्मिय व्यहभार मितिनी ज्यू ।

तार्किक बोली, हँसिलो चेहेरा र सहृदयी तपाईं
सेवा गर्न तत्पर, अत्यन्त मिलनसार मितिनी ज्यू ।

डाह गरुन् फुल्-वासनाले हाम्रो आत्मियता देखि
ईश्वर सदा दाहिने रहुन् सदावहार मितिनी ज्यू ।

समर्पण ।
 

No comments:

Post a Comment