Wednesday, October 21, 2020

पाउँ सानु।

तिमी मेरी हुन्छौ भन्ने आसमा रमाउन पाउँ सानु।
तिम्रो  खुसीयालीमा म हर्ष  मनाउन  पाउँ  सानु।

दिनभरीको काम र थकानले तिमी पनि गल्दि हौ
तिमीसँगै वार्तालाप हुँदाहुँदै निदाउन पाउँ सानु।

तिमी यति प्यारी छौ कि तिम्रो स्पर्शमा नशा छ
तिम्रै काखमा सुतेर तिम्रो हात समाउन पाउँ सानु।

प्रत्येक दिन अंश अंश गर्दै महिना अनि वर्ष बितोस्
तिमीसँग यसरी नै  जीन्दगी कटाउन पाउँ सानु।

म एक्लो अपुर्ण छु मेरो आधा पाटो तिमी बनेर
स्वयम्वरको फोटोलाई भित्तोमा सजाउन पाउँ सानु।

समर्पण।
रचना अनिश्चित।

No comments:

Post a Comment