Saturday, October 17, 2020

मुटु झिकी दिएपछि

 नियम मिची दिदी छोडी बहिनिलाई रोजेपछी ।
रुमाल चिनो दिएर प्रस्ताव राख्न खोजेपछी ।

तारा जुन झार्छु भनि झुट्टा कसम खाँदिन 
तिमीसँगै जिउने मर्ने  यो मनले सोचेपछी ।

वारी वर पारी पिपल विचैमा देवीथान भाकेर 
रिक्त यो दिलमा सानु तिम्रै प्यार रोपेपछी ।

कसरी पो हुन्न भन्थ्यौ मुटु झिकी दिएपछि
प्रस्ताब राखी हातमा तिम्रो नाम खोपेपछी । 

समर्पण 
रचना- ज्योति अनिश्चित ।
 

No comments:

Post a Comment