Tuesday, October 13, 2020

निस्चितता दिलाउनु सपनीमा ।

पर्खेर बस्छु राती राती आउनु सपनीमा ।
विनास्पर्श मलाई छोइ हराउनु सपनीमा ।

त्रासदीपूर्ण अन्धकार थियो तिमी नहुँदा
भरे राती जुन बनि उदाउनु सपनीमा ।

न्यानो मायाको अभाव सायद अब हुँदैन
डाकेर तिम्रै नाम फेरी कराउनु सपनीमा ।

रिक्त मेरो दिलमा तिम्रै दस्तखत छ सानु
अनिस्चितलाई निस्चितता दिलाउनु सपनीमा ।

----समर्पण्----
रचना -ज्योति अनिश्चित

No comments:

Post a Comment