Friday, January 19, 2018

I Love You.

To the all worldly pleasure lies.
My heart leaps up and away flies.
Just by the thoughts of yours Punam
I lose my thirst and appetite often.

Your simplicity and tactfulness
I feel your every words caress.
Who could be so lovingly thy?
A fairy of beauty, a false lie.

I am in love with you, not
I forget to forget you but;
I loved the way how you share
Your feelings, with at most care.

I even had no chance to have a meet.
You are the inspiration in every writ.
I had ever failed to trace a blemish
You would be mine my ultimate wish.

Deep in my sleep, I see your face
Your remembrance at every pace.
Thousands of obstacles I could bear
Your amiable voice I would hear.

Let you be my trailblazer ever
I swear, I would let you down never.
My words may fail to describe you
Simply these little words, I Love You.

तस्विर तिम्रो थियो ।

एउटा आकृती बनेछ नेत्रपटलमा तस्विर तिम्रो थियो ।
मेरो मनमस्तिस्क मानस्पटलमा तस्विर तिम्रो थियो ।

केवल दुइ दिनमै कस्तो आत्मियता बढेछ थाहा भएन
यादमा आइरहन्छौ पलपलमा तस्विर तिम्रो थियो ।

तिम्रो यादको फिलिङ्गो बोकेर निदाउनै सकिन प्रिया
मैले ओड्ने च्यादर मलमलमा तस्विर तिम्रो थियो ।

तिमीसँग कुरा भइरहँदा तिम्रा अभिव्यक्तिहरुले सानु
ती आँखामा दोषी हुन्न हरपलमा तस्विर तिम्रो थियो ।

तिमीसँग प्यार होला नहोला सानु त्यो पाटो एकातिर
प्रगतिथुम्की चुमेको हेरुँ अटलमा तस्विर तिम्रो थियो ।

सानु एउटा गुनासो थियो, सायद गुनासो हुनेछैन अब
हटोस् सारा तारा परिक्षाफलमा तस्विर तिम्रो थियो ।

बढ्न सके ।

प्रगतिथुम्कितिर पाइला अघी बढ्न सके ।
ज्ञानको ज्योती छर्नलाई तिमी पढ्न सके ।

घिस्रीएर आउला प्रज्ञा बरु हात पाउ टेकि
मिर्मिरेमा शिखरपथ हजारसिढी चड्न सके ।

रेसा धमनी र शिराहरुमा तिम्रो नाउँ बग्नेछ
एकै लक्ष्य त्यो भए त्यसमै तिमी अड्न सके ।

डरै नभए ।

त्यो तिम्रो मनको भरै नभए ।
तिम्रो मन बहकिने डरै नभए ।

सायद म नि रहन्न थिएँ होला
मायालुको यदि शहरै नभए ।

यहाँ आत्मियताको छहारी छ
र पो लाग्छ आफ्नै घरै नभए ।

तिम्रो परेलीमा बास पाएँ भने
न्यानो हुनेथ्यो च्यादरै नभए ।

कसरी पसेँ म ?

निर्मोहीकै जालमा संघी कसरी फसेँ म ?
जान्दाजान्दै एकोहोरो कसरी पसेँ म ?

म माया लाउँदिन अफाव हुन्छ भन्थेँ
बस्दिन सम्बन्धमा भनि कसरी बसेँ म ?

मायालुको अंगालो प्यारो दोहोरो भए
हैन भने पासो गलामा कसरी कसेँ म ?

लाग्छ तिमीसँग प्रेम हुनु विडम्बना भयो
आफै प्रेम गरी आफैलाई कसरी डसे म ?


Tuesday, January 2, 2018

उस्तै उस्तै लाग्यो ।

मान्छे र बादर उस्तै उस्तै लाग्यो ।
चिहान र घर उस्तै उस्तै लाग्यो ।

मान्छे जस्तै देखिन्छन् यी मुर्कुटाहरु
मसानघाट र शहर उस्तै उस्तै लाग्यो ।

तिमीले धोका दिइ विष पिलाएपछि
अमृत र जहर उस्तै उस्तै लाग्यो ।

म मरेपछी पठाइदिनु आमालाई
खरानी र खबर उस्तै उस्तै लाग्यो ।



Sunday, December 31, 2017

हेरी बिर्सिदिएँ ।

नक्षत्रमा लाखौं तारा जुनलाई हेरी बिर्सिदिएँ ।
मेरा अतितका प्रेमकथा उनलाई हेरी बिर्सिदिएँ ।

आलाप र शब्द खड्किरह्यो तैपनि सुनिरहेँ
संगीत बेजोड थियो ; धुनलाई हेरी बिर्सिदिएँ ।

दुस्मनहरु भन्दा पनि आफन्तबाटै रिस उठ्छ
अनि आफै सम्झाउछु खुनलाई हेरी बिर्सिदिएँ ।

सिलस्वभाव र लवज बडो खास लाग्छ मलाई
चाहिन्न सृङ्गार अनि सुनलाई हेरी बिर्सिदिएँ ।

सयौ बार नराम्रो होस अन्तिममा ऊ झुक्छ भने
प्रायस्चित हो ठुलो कुरा गुनलाई हेरी बिर्सिदिएँ ।

वुवा आमालाई सुनाइदिनु ।

वुवा आमालाई मेरो प्रणाम सुनाइदिनु ।
सोध्नुभएछ भने मेरो नाम सुनाइदिनु ।

घर जाँदै छौ प्यारी शुभयात्रा तिमीलाई
यात्रा सफल रहोस आराम सुनाइदिनु ।

सँगै जान मन थियो सानु घुमेर आउथें
व्यस्त छु म सोधपत्र  काम सुनाइदिनु ।

ठिकै छ छोरी घर कहाँ भन्नु भो भने
झापा सुरुङ्गा हो भनि गाम सुनाइदिनु ।

पहिलो तिमी हैनौ

पहिलो तिमी हैनौ अन्तिम प्रीतमा तिमी हुन्छौ ।
तिमी अघी म पछी लगन रीतमा तिमी हुन्छौ ।

म हारमा पनि रमाउँला सानु यदी मैले हार्दा
मिल्छ भने तिम्रो खुशी अनि जीतमा तिमी हुन्छौ ।

अब लाग्छ आँखा बन्द गरी तिम्रो भर पर्न सक्छु
तिमी मेरो आत्मा हौ मेरो हितमा तिमी हुन्छौ ।

जानी नजानी दुइ चार शब्द कोरेँ भने विजया
प्रत्यक हरफ पङ्ती गजल गीतमा तिमी हुन्छौ ।

Sunday, December 24, 2017

अवश्य छ ।

छ मनभित्र केहि खास त अवश्य छ ।
मुहार चम्काउने प्रकाश त अवश्य छ ।

कहिले यती हलुङ्गो भइदिन्छ कि मन
लाग्छ भित्र मुलायम कपास त अवश्य छ ।

कसैलाई देख्दा लाग्छ मुटु विनाको झैँ
अलिकती भए नि सन्त्रास त अवश्य छ ।

थोरै पाए बढि खोज्छ,बढि पाए सारा
शुन्यता भित्र पनि आश त अवश्य छ ।

प्रेमिल मनहरुको कुरा सुनेर सोच्दैछु
मनभित्र पनि वतास त अवश्य छ ।

यो मन र मस्तिस्कले चलेको पुर्जा हो
जीवन पनि छ लास त अवश्य छ ।


ज्योति अनिश्चित । 

Monday, December 18, 2017

हुन्न र ?

भुलेर उनलाई तिमीलाई मन पराउनु हुन्न र ?
एउटा नमिठो सपना भनि भुलाउनु हुन्न र ?

देखिन मैले हवेलीको सपना हावामा शैर गर्ने
प्रीतको खातिर तिम्रो समिप आउनु हुन्न र ?

सुनाउन चाहे सुनाएँ मैले माया लाएको कुरा
तिनै अतित सम्झी नयन रुझाउनु हुन्न र ?

म पृथक छु सानु सानो कुरा नि गड्छ मनमा
कहिलेकाँही त्यसै सिरानी भिजाउनु हुन्न र ?

वियोगका गीत कती लेखे कती गाएँ पनि
मिलनको गीत तिम्रोबारे सानु गाउनु हुन्न र ?

तिम्रोबारे जानी सबै मनभित्र राख्न खोजेँ
मन पराएर तिमीलाई माया लाउनु हुन्न र ?

के चाह छ ?

रिपु वा आफ्नोपन के चाह छ ?
प्रतिष्ठा वा पापीधन के चाह छ ?

सबै यस्कै पछी हिँडेको देख्छु
सौन्दर्य वा यौवन के चाह छ ?

मसँग हमेसा हवेली नहुन सक्छ
चौतारी वा सिंहासन के चाह छ ?

तिमी कस्तो माया चाहना राख्छौ ?
पुष्ट वदन वा मन  के चाह छ ?

पुर्विय संस्कृती या पश्चिमी संस्कार
कस्तो रहन सहन के चाह छ ?

ज्योति खतिवडा अनिस्चित ।

Thursday, December 14, 2017

मन प्रफुल्लित भएछ ।

विस्तारै यो मन तिमीतिर आकर्षित भएछ
जसरी हृदयभरि तिम्रो खातिर प्रीत भएछ

यावत तथ्य प्रमाणहरु जुटाइदिन सक्छु
भन्नसक्छु प्रेमको आकुरण तिमीसित भएछ

ट्युलिप जस्तै हाँसीराख्ने उद्यानमा फुलेकी
टपक्क टिपुँलाग्ने सानी मन प्रफुल्लित भएछ

राम्री लाग्छ पो प्रेम भयो तिमिसँग विजया
इच्छा मेरो तिमीसँगै जिउनेमर्ने निहित भएछ

Wednesday, December 13, 2017

उनको सामिपमा ।

चन्द्रमाको सितलता मिल्यो उनको सामिपमा ।
न्यानो माया अनि साथ छरियो मधुरो दिपमा ।

दाखिला म गर्न सकुँला जुन र तारालाई पनि
ढुङ्गाले पनि सायद बोल्ला मन्दिर मस्जिदमा ।

गासेर यो नाता प्रेमको आत्मियता दृढ होस्
नारी उनी सर्वगुण सम्पन्न अनेकौ सिपमा ।


Saturday, December 9, 2017

आउँला सानु ।

नयनपोखरीबाट आँशु सुकाएर आउँला सानु ।
तिमी हुन्छ भन समय रुकाएर आउँला सानु ।

माफ गर प्रीयसी मलाई अन्जानमा भुल भए
तिमी सामु पर्दा नजर झुकाएर आउँला सानु ।

तिमीलाई बुझ्न चाहेँ जसरी म प्रस्तुत भएँ
बुझी जान्न दिए छाती फुकाएर आउँला सानु ।

तिमीलाई माया गर्छु श्रद्धा गर्छु बिस्वाश गर्छु
त्यसैले त गल्तीहरु लुकाएर आउँला सानु ।

तिम्रो मेरो बुझाइ फरक पनि त हुन सक्छ
त्यस्तै परे सत्यतालाई चुकाएर आउँला सानु ।

ज्योति अनिस्चित
समर्पण 

तिमीसँग ?

कसरी यति छिटै प्रेम भयो तिमीसँग ?
रुकाएर धड्कन कता गयो तिमीसँग ?

नारी तिमी फुलजस्ती कोमल र पवित्र
धिरजकी प्रतिमुर्ती धैर्य रह्यो तिमीसँग ।

तारा जून फिका लाग्छ सगर सारामा
लजाएर पवन साथै बहयो तिमीसँग ।

रचना - ज्योति अनिश्चित । 

पाइयोस् सानु ।

हेरेर तिमीलाई समिपमा छुन पाइयोस् सानु ।
तिमी रोएको पल तिमिसँगै रुन पाइयोस् सानु ।

जिन्दगिको कुनै मोडमा मन दियेँ भने मेरो,
म मुटु अनि तिमी धड्कन हुन पाइयोस् सानु ।

लाग्छ तिमी आफै हौ पर्यायवाची सालिनताको
मागे यदि वर रश्मी भने जुन पाइयोस् सानु ।

तिमिसङ प्रेम भयो आत्मिय लाग्यौ  र पो
तिम्रो सिउँदो सजाउने गुन पाइयोस् सानु ।

थाहा छैन हाम्रो मिलन सम्भव होला नहोला
साथै नभए फेरि जन्म पुन: पाइयोस् सानु ।

गर्दै भन्दै गारो हुन्छ, तिक्तता आउन सक्छ
प्रस्ट्याएर मनको मैलो धुन पाइयोस् सानु ।

समर्पण
रचना ज्योति अनिश्चित ।



Saturday, December 2, 2017

आँखाहरु ओछ्याइदिएँ

आँखाहरु ओछ्याइदिएँ तिमी हिड्ने बाटोभरी ।
बृक्ष वर सम्झनाको आबु लगाइदिएँ कसोगरी ।

तिक्तता कहिल्यै नआओस् यो हाम्रो सम्बन्धमा
पौडी आएँ आस्थाहरु छिचोलेर नयनपोखरी ।

डेग दृढ होस् दाजु बहिनीको माया भरोषाले
लहरी फैलिरहोस् बाटिकामा सधैभरी सरोबरी ।

समर्पण
रचना - ज्योति अनिश्चित । 

अम्बु रातो सारीमा

कती राम्री देखिएकी अम्बु रातो सारीमा
फुलेछ रातै मुस्कान ओठको फुलबारीमा ।

सानो वदन अनि ठुलो मनको धनी तिमी
कस्ती हुन्छौ होली तिमी वेहुली सृङ्गारीमा ।

जुनै पो हो कि मुहार शितलताको प्रतिक
लाग्छ केहि क्षण बसौ त्यसकै छहारीमा ।

थाहा भएन मलाई, के मोह लाग्यो खै ?
तिमी नै तिमी मात्र देख्छु म वारीपारीमा ।

तिमी अम्बे तिमी देवी लक्ष्मी र पार्वती
सायद अवतार नै हौ कि तिमी नारीमा ।

समर्पण -
रचना - ज्योति अनिश्चित ।



Tuesday, November 28, 2017

मायाको शहरमा ।

आँखा खुल्यो तस्विर छायो तिम्रो नजरमा ।
ओठ खुल्यो मुस्कान छायो तिम्रो अधरमा ।

प्रियसी तिम्रो सालिन्यता र विस्वसनियताले
हृदय चियायो प्रेम पलायो मायाको शहरमा ।

तिमी प्रेम तिमी माया मेरो तिमी हितैषी पनि
चाहान्न तिम्रो आँखाबाट आशु कुनै प्रहरमा ।

शब्दको अलङ्कारले सजाउँ कि तिमीलाई
प्रियसी तिमी मेरी भनिदिउँ कि सानु बहरमा ?