Thursday, May 21, 2020

एउटा ढुङ्गाले छालको विकास गर्छ।

फगत एउटा ढुङ्गाले छालको विकास गर्छ।
एक दिनमा एक पल सरस्वतीले वास गर्छ।

स्वभावैले मान्छे अारिसे र इर्ष्यालु हुन्छन्
धोका दिन्छ स्वयं अनि साथको आस गर्छ।

आफ्नो प्रगती हैन अरुको दुर्गतिमा रमाउँछ
त्यसैले त खोजीखोजी सम्भाव्यता नास गर्छ।

थोरै लचिलो भई सहयोगि हात बढाउँछ भने
उसैको काँधमा चढ्छ अनि वदमास गर्छ।

ज्योति अनिश्चित
21 मे 2020

No comments:

Post a Comment