Sunday, May 24, 2020

त्यसैले मनपराएँ।

थोरै जाने अतित लाखमा सय त्यसैले मनपराएँ।
मसँग लागेन राख्यौ कुनै भय त्यसैले मनपराएँ।

तिम्रो चन्चलता, निश्चलता अनि प्रस्टविचारले
गर्यो मनमा प्रेमपालुवा उदय त्यसैले मनपराएँ।

मैले सारा मनका कुरा भने तिमीप्रति तिमीलाइ
मन पर्यो तिम्रो अनुनयविनय त्यसैले मनपराएँ।

हरेक कुरामा सकरात्मकता छ मन नपरे पनि
गर्यो प्रेमको दौडमा विजय त्यसैले मनपराएँ।

भन्छौ नि प्रेम गर्दिन अब मन मरिसक्यो भनेेर
हेर एकफेेर प्रेमको सन्चय त्यसैले मनपराएँ।

तिमी हुन्छ भन युनि औरिकल-भेन्ट्रिकललाई
बनाउँछु आलिसान प्रेमालय त्यसैले मनपराएँ।

समर्पण
रचनाः ज्योति अनिश्चित।
मे 24 .2020

No comments:

Post a Comment