Friday, May 8, 2020

अहो! कतै पाइन।

विनयका साथ प्रेम प्रस्ताव राखे र हारेँ।
निकट सम्झे परायलाई मुटु साटे र हारेँ।

तारो भएँ कि सायद म जुनको नजरमा
आधी हैन सम्पुर्ण गल्ती मेरै माने र हारेँ।

चारै दिशा तल र माथि अहो! कतै पाइन
यथार्थ नबुझी स्वयं सम्बन्ध बिगारे र हारेँ।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 26

No comments:

Post a Comment