Tuesday, May 26, 2020

स्वयं हारेर आएँ।

माया गर्ने मुटु काटेर अनि बारेर आएँ।
दुख्छ नि मन दुख्दैन भनि टारेर आएँ।

बिस्वास अनि भरोषा नदिलाएको हैन
उनको जिदका अघि स्वयं हारेर आएँ।

प्रेममुना भर्खर पलाउन लागेको थ्यो
पाउलिनु अघि भाँचेर अनि मारेर आएँ।

निस्वार्थ मायामा पनि कसि लाउनुपर्ने
नपलाओस् भनि बन्जरमा सारेर आएँ।

जस्तो रोप्यो त्यस्तै पाइन्छ भन्थ्यौ नि
अरुको नजरमा आँफैलाइ झारेर आएँ।

समर्पण
रचनाः ज्योति अनिश्चित।
जेठ 13 2077

1 comment: