Thursday, May 21, 2020

वुवाको नजरमा।

युगले नबिर्सिने किर्तिमान राख्नु छोरी।
निडर-सहासीको पहिचान राख्नु छोरी।

काम यदि तिम्रो भए औलाहरु नउठोस्
लुब्ध हुनेे खालको इमान राख्नु छोरी।

इराधा सँधै कन्चन होस् बगेको पानीझैँ
टेवा होस् विकासमा ज्ञान राख्नु छोरी।

लच्छिनकी देवी मेरो घरकी रश्मी तिमी
तेज आँखा र तिक्ष्ण कान राख्नु छोरी।

ज्योति अनिश्चित
21 मे 2020

No comments:

Post a Comment