Sunday, May 24, 2020

कसरी होला।

मनमा चिसो कसरी पस्छ होला?
मनभित्रै मान्छे कसरी बस्छ होला?

सपनामा सजाएर यादमा छ जो
उसैको नजरमा कसरी खस्छ होला?

सबैबाट टाढा रहेनि तिमीबाट सकिन
तिम्रो अंगालोले कसरी कस्छ होला?

आँफै मलजल गरि हुर्काएँबढाएँ जो
त्यही पिरिमले कसरी डस्छ होला?

समर्पण
ज्योति अनिश्चित

No comments:

Post a Comment