Tuesday, May 26, 2020

गयौ पाहुना बनेर।

टुसायो बिज बनि प्रेम, भाँचियो मुना बनेर।
खुसी आउँछ भागा बनि, दुःख गुना बनेर।

महत्व पनि यति सारो घट्यो कि जिन्दगीको
सन्तुष्टी मिल्छ चरेस बनि जान्छ दुना बनेर।

जीन्दगीको वृतमा जहिल्यै केन्द्रमै खोजिरहेँ
वृतले छक्याइदियो मलाइ अदृष्य कुना बनेर।

तिमीसँग बिताएका प्रत्येक पल सम्झिन्छु
आयौ बस्यौ आदत बनि गयौ पाहुना बनेर।

कहिलेकाँहि त यस्तो लाग्छ जिन्दगीलाई
बसमा पार्दिउँ कि? मन्तर अनि टुना बनेर।

ज्योति अनिश्चित।
2077 जेठ 13
प्रात 6:42 बजे।

No comments:

Post a Comment