Wednesday, May 6, 2020

तिम्रो अभावमा।

मनभित्र तिमीलाई तस्विरमा राखेर।
न्यानो मायाको जन्जीरमा राखेर।

जे जति बग्छ रक्तनलीमा सानु
सदैव सँगै वहने समिरमा राखेर।

खडेरीझै लाग्छ तिम्रो अभावमा
तिम्रो पीरहरु मेरो शिरमा राखेर।

वचन दिन्थे तिमीसँगै जिउनेमर्ने
डाकेर तिमीलाई मन्दिरमा राखेर।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 24

No comments:

Post a Comment