Monday, May 4, 2020

विवाहउत्सव एक नयाँ जन्मोत्सव।

सुरु हुन्छ नयाँ संसार सजाउनु छ पराय घर।
पराय नि आफ्नो हुने यो नयाँ जन्म हैन र?

जन्मै पाएको छोडी अँगाल्नुपर्ने पतिको थर
पराय थर स्वीकार्नुपर्ने यो नयाँ जन्म हैन र?

आफ्ना साथीसंघी छोडी जानुपर्ने अर्कै सहर
जन्मघरलाई छोड्नुपर्ने यो नयाँ जन्म हैन र?

कहाँ सजिलो होला सायद कुण्ठित होला रहर
पतिकै लागि बाँच्नुपर्ने यो नयाँ जन्म हैन र?


रचना : ज्योति अनिश्चित।
2077 बैशाख 22

No comments:

Post a Comment