Sunday, January 3, 2021

हार

काहिँ कसैको जीत अनि कसैको हार हुनेछ।
माया गर्दा गर्दै पनि त्यहि मुटुमा प्रहार हुनेछ।

तिमीले जे दिन्छौ नि त्यहि पाउँछौ  भन्ने छैन
कमै आमाहरुको बुढेसकालमा स्याहार हुनेछ।

कुपात्रमा परेको अमृत नि बिष बन्छ हजुर
र त मुखियाकै घरको पनि नरसंहार हुनेछ।

तिमीले गलत मान्छेलाई मनमुटु दियौ भने
प्रेमको बदलीमा,घृणा र धोका उपहार हुनेछ।

सक्छौ भने आफु इलमी बन, इमान नबेच
त्यस्तो मान्छेलाई खुसीयाली सदावहार हुनेछ।

मान्छेको भाग्यमा पनि थोरै विश्वास गर्छु म
किनकी साधुलाई सुली चोरलाई हार हुनेछ।

८:३० बजे।
२०७७-०९-१९
रचना- ज्योति अनिस्चित। 

Wednesday, December 2, 2020

भाउजुलाई जन्मदिनको शुभकामना।

ए भाउजु! तपाइलाई एकाविहानै सबेरै शुभकमना।
लिएका लक्ष्य सबै पुरा हुन्, झन् धेरै शुभकामना।

नारी गुण सबैले सम्पन्न मेरी प्यारी भाउजु एलिनाको
निकट रहन पाउँ सँधै आत्मिय सम्झेरै शुभकामना।

रौनक छाएको छ हाम्रो घरमा तपाई जो आएपछि
लागुन् दुख कष्ट टाढाटाढा मनबाट चाहेरै शुभकामना।

समर्पण।
२०७७-०८-१७

Monday, November 30, 2020

प्रेम असिम हुन्छ।

सुनाखरी फुल्दाखेरी जसरी वन रङ्गीन हुन्छ।
जति तिमी बोल्दै जान्छौ नि प्रेम असिम हुन्छ।

तारिफ कसरी नगरौ म जब निमेशमै प्रेम भयो
भग्नावशेष प्रेमदरवारको निर्माण नविन हुन्छ।

टहरो एउटा पाएँ मैले घाइते मुटुलाई बिसाउने
ट्याक्कै मिल्यो मन र पो नजर लवलिन हुन्छ।

राखेर सुजु तिमीलाई दिलभित्र हिफाजतसँग
ईश्वर साक्षी राखी दिएँ मुटु तिम्रै अधिन हुन्छ।

रचना-ज्योति अनिश्चित।
समर्पर्ण।
२०७७-०८-१५

Tuesday, November 17, 2020

मुस्कान हेरी तिम्रो ।

बहुत तारिफ गरुँ लाग्यो मुस्कान हेरी तिम्रो ।
बिछट्टै सुहाउदो लाग्यो दन्तबथान हेरी तिम्रो ।

ताराको टुक्राझैँ लाग्यो तिम्रो तेजस्वी चक्षुहरु
रुवाझैँ कोमल लाग्यो जिउ ज्यान हेरी तिम्रो ।

पाषण पनि पग्लिन्छ होला तिम्रो न्यानो स्पर्शले
खेर जाला शब्द तारिफ लबजज्ञान हेरी तिम्रो ।

ती फुल्बुट्टे पहिरनमा निस्चलताको सृङ्गारले
सगरकी पुतलीझैँ लाग्यो ध्यान हेरी तिम्रो । 

Sunday, November 15, 2020

कस्तो होस्?

निहारेर तिमीलाई मेरो रवि उदाओस्।
सृङ्गारेर तिमीलाइ मेरो रात निदाओस्।

स्वयं पौडिन पाउँ तिम्रो नयनसागरमा
मेरो मुटुले तिम्रो मनभित्र चिहाओस्।

तिम्रो सेरोफेरोमा म रहिनछु भनेपनि
मेरो यादले नि तिम्रो क‌ष्टहरु हराओस्।

तिमीलाई छोइ वहने पवन वन्न सकुँ
मेरा चाहाना त्यही हावाले बताओस्।

तिम्रो मुहारको रङ्ग कहिलै फिका नहोस्
परेलीका ‌मोतिहरु आँखाभित्रै विलाओस्।

सामिप्यतामा हाम्रो अधर मिलेपछि अनि
जुनले डाह गरि रश्मी पनि लुकाओस्।

नोभेम्बर १५ २०२०
ज्योति अनिश्चित।

Tuesday, November 10, 2020

सावित गरिदेउ।

मिथ्या मेरो प्यार हो भनि सावित गरिदेउ।
मैले जस्तै तिमीले घरमा वातचित गरिदेउ।

जसरी म तिम्रो खातिर दृढ भइदिन सक्छु
त्यसरी त्यो मुटुभित्र मलाइ सिमित गरिदेउ।

प्रेम र लडाइमा जे पनि जायज हुन्छ अरे
त्यसैले त प्रेमको हारलाइ नि जीत गरिदेउ।

सानु प्रेम र भरोषा अरुलाइ दिँदा बढ्ने हो
मेलै झै तिमीले पनि प्रेम समर्पित गरिदेउ।

म बाआमा रिझाएर सिउँदो भर्न सक्छु भने
तिमीले नि तिम्रो तर्फबाट सुनिश्चित गरिदेउ।
 
समर्पण
रचना- ज्यति अनिस्चित।

 

आजभोलि।

प्रत्येक  मुहारमा तिम्रो रुपरङ्ग देख्छु म आजभोलि।
शितल आभाष हुने तिम्रो याद समेट्छु म आजभोलि।

कारण के थियो कुन्नि तिमीसँग औधी धेरै नजिकिएँ।
पाएभने एकान्त तिम्रोबारे गजल लेख्छु म आजभोलि।

ठम्याउन सकिन हामी कति नजिक कति टाढा भयौ
कल्पनामा मिनिस्कटमा आएसी भेट्छु म आजभोलि । 

हुन सक्छ।

विज्ञानले पनि नजानेको वेदमा ज्ञान हुन सक्छ।
ज्ञानी कहलाएको मान्छे नि बेइमान हुन सक्छ।

म भने नित्य मायाको अनुभुति दिलाउन खोज्छु
सायद आभाष हुँदो हो या अन्जान हुन सक्छ।

तिम्रो व्याक्तित्व, वोलीवचनले नै फिदा भएछु म
तिमीले टेकेको भुमी पनि मेरो सिरान हुन सक्छ।

केहि पाउनका खातिर केही गुमाउनुपर्छ भन्छन्
के त्यागिदिँदा तिमी मेरी भन्ने भान हुन सक्छ?

Tuesday, October 27, 2020

सम्झनामा।

सम्झनामा आयौ तिमी अनि उनको याद आयो।
मित्था लाग्छ प्रेमका कुरा, वैगुनको याद आयो।

नाम तिम्रो उस्तै अनि आत्मिय पनि तिमी जस्तै
खाली भयो मुटु, आँखा-मनसुनको याद आयो।

तुलना गर्थे स्वयंले तिमी आकाश म धरती भनी
न भेट्न सक्ने न छुन, त्यहि जुनको याद आयो।

समर्पण
रचना- ज्यति अनिस्चित।

Wednesday, October 21, 2020

पाउँ सानु।

तिमी मेरी हुन्छौ भन्ने आसमा रमाउन पाउँ सानु।
तिम्रो  खुसीयालीमा म हर्ष  मनाउन  पाउँ  सानु।

दिनभरीको काम र थकानले तिमी पनि गल्दि हौ
तिमीसँगै वार्तालाप हुँदाहुँदै निदाउन पाउँ सानु।

तिमी यति प्यारी छौ कि तिम्रो स्पर्शमा नशा छ
तिम्रै काखमा सुतेर तिम्रो हात समाउन पाउँ सानु।

प्रत्येक दिन अंश अंश गर्दै महिना अनि वर्ष बितोस्
तिमीसँग यसरी नै  जीन्दगी कटाउन पाउँ सानु।

म एक्लो अपुर्ण छु मेरो आधा पाटो तिमी बनेर
स्वयम्वरको फोटोलाई भित्तोमा सजाउन पाउँ सानु।

समर्पण।
रचना अनिश्चित।

Saturday, October 17, 2020

मितिनी ज्यू ।

समाल्नेछु तपाईंको साथ अनि प्यार मितिनी ज्यू ।
चिनजनी छोटो तर आत्मिय व्यहभार मितिनी ज्यू ।

तार्किक बोली, हँसिलो चेहेरा र सहृदयी तपाईं
सेवा गर्न तत्पर, अत्यन्त मिलनसार मितिनी ज्यू ।

डाह गरुन् फुल्-वासनाले हाम्रो आत्मियता देखि
ईश्वर सदा दाहिने रहुन् सदावहार मितिनी ज्यू ।

समर्पण ।
 

मुटु झिकी दिएपछि

 नियम मिची दिदी छोडी बहिनिलाई रोजेपछी ।
रुमाल चिनो दिएर प्रस्ताव राख्न खोजेपछी ।

तारा जुन झार्छु भनि झुट्टा कसम खाँदिन 
तिमीसँगै जिउने मर्ने  यो मनले सोचेपछी ।

वारी वर पारी पिपल विचैमा देवीथान भाकेर 
रिक्त यो दिलमा सानु तिम्रै प्यार रोपेपछी ।

कसरी पो हुन्न भन्थ्यौ मुटु झिकी दिएपछि
प्रस्ताब राखी हातमा तिम्रो नाम खोपेपछी । 

समर्पण 
रचना- ज्योति अनिश्चित ।
 

Tuesday, October 13, 2020

निस्चितता दिलाउनु सपनीमा ।

पर्खेर बस्छु राती राती आउनु सपनीमा ।
विनास्पर्श मलाई छोइ हराउनु सपनीमा ।

त्रासदीपूर्ण अन्धकार थियो तिमी नहुँदा
भरे राती जुन बनि उदाउनु सपनीमा ।

न्यानो मायाको अभाव सायद अब हुँदैन
डाकेर तिम्रै नाम फेरी कराउनु सपनीमा ।

रिक्त मेरो दिलमा तिम्रै दस्तखत छ सानु
अनिस्चितलाई निस्चितता दिलाउनु सपनीमा ।

----समर्पण्----
रचना -ज्योति अनिश्चित

तिम्रो व्यहभारिक विद्वता ।

सृष्टिमा विरलै पाइन्छ तिम्रो जस्तो निस्चलता ।
जगतमै भिन्न तिम्रो व्यक्तित्व पाइन्नौ जतातता ।

नारीगुण सम्पन्न मृदुभाषी र सहनशिल तिमी
रित्तिन्न प्रेमसागरबाट प्रेमभाव वहन्छ कताकता ।

मागेर मिल्ने भए यदी तिमीजस्तै माग्थे बरु
लच्छिनकी देवी घरमा, हुँदा मात्र सम्पन्नता ।

खरीले कोर्न सक्दैन न धुनले सक्दछ गुन्न 
तिम्रो महिमा भन्न सक्छ जो हुन्छ सामिप्यता ।

वरपर कोही नहुँदा आफ्नो, तिम्रो साथ हुन्छ
डाह कसैले नगरुन तिम्रो व्यहभारिक विद्वता ।


----समर्पण्----
रचना -ज्योति अनिश्चित
 

यो कस्तो बबिता ?

 एकै दिनको सामिप्यता यो कस्तो बबिता ?
बढ्यो मनको ब्यहग्रता यो कस्तो बबिता ?

अस्तिसम्म कोहो ? आज आफ्नै लागिराछ
कसरी भयो आत्मियता यो कस्तो बबिता ?

विछिप्त एउटा मनले त्यस्तै मन सुनिदिन्छ
पोखिएछु म जतातता यो कस्तो बबिता ?

थाहा छ तिमीभित्र नि प्रश्नहरु तेर्सिएछन्
मेरो बारेमा उत्सुकता यो कस्तो बबिता ?

तिमीलाई थोरै चिने र धेरै जान्न मन भयो
मेटाउनु छ कौतुहलता यो कस्तो बबिता ?

तिमीसँग बोल्दा लाग्यो छुटेको संघी पाएँ
तिमी भैदिए सम्पन्नता यो कस्तो बबिता ?

म झापाबाट कर्णचक्षु चितवन पठाको छु
पाओस् कामले पुर्णता यो कस्तो बबिता ?

समर्पण।
२०७७-असोज २१ प्रात १:५५ 

तिमी हुँदा।

बढोस् दिलको धड्कन तिमी पासमा हुँदा।
बिना तार मिलोस् मन तिम्रो आशमा हुँदा।

तारा जुन फिका लागोस् धरती शुन्य होस्
तिम्रो साथ छुटे सानु, तिमी खासमा हुँदा।

वारी म पारी तिमी जीवनमा कैलै नहोस्
रिक्तता पुरा हुन्छ मेरो तिमी साथमा हुँदा।

समर्पण।
रचना अनिश्चित। 

Sunday, September 20, 2020

यस्तो होस् जीवन।

सरल रहोस् तिम्रो जीवनका पाटाहरु।
वृद्दि होस् उल्लास हराओस् सन्नटाहरु।

दियोसरी दिप छर्नु उदाहरण वन्नु तिमी
ढलपल नहोस् तिम्रा सहृदयी वाचाहरु।

कामना मेरो तिम्रो खुसी अनि दीर्घायुको
ललाट चम्कियोस् खुलुन् सबै बाटाहरु।

समर्पण
असोज 3 -2077
ज्योति अनिश्चित।।

Thursday, September 3, 2020

कामना मेरो।


सोचमा एउटा यथार्थमा अर्को नहोस् बरु।
नुहिने वृक्ष जस्तो भैदिउन् व्यहभारमा चारु।

न्यानो माया र विश्वास बाहेक केही चाहिन्न
यौटै हुन्छ जीवन सानु तिमीसँगै जिउँ-मरुँ।

पाइला सारेर सँगै, निहार्नु छ सुन्दर संसार
नेत्रपटलमै राख्नेछु प्रिया, अरु के पो गरुँ?

भदौ 18- 2077
ज्योति अनिश्चित।





Wednesday, September 2, 2020

नित्य बोलुँ लाग्यो।

मन कति सफा अनि कञ्चन पाएँ तिम्रो।
नित्य बोलुँँ लाग्ने बोलीवचन पाएँ तिम्रो।

ताजमा लाज राखि सुन्दर अनि शुशिल
सितारा झैँ चम्किलो नयन पाएँ तिम्रो।

टौवा अनि धरहराबाट पनि नियालेर हेरेँ
लाखौमा एक अनमोल रतन पाएँ तिम्रो।

समर्पण
ज्योति अनिश्चित।
कनपा 1
2077-05-17

Tuesday, September 1, 2020

किन होला?

प्रत्युत्तरमा हुन्न भन्ने जवाफ किन होला?
तिम्रो समर्पण देखेर रवाफ किन होला?

क्षार तिमी भयौ म अम्ल बनेपनि किन
भएन लवण, विरोधाभाष किन होला?

ट्याक्क मिलेको जोडी कस्तो हुन्छ भन
टड्कारो भो मतभेद टकराव किन होला?

राखेर विश्वास र भरोषा असल साथी बन्नेछु
इशलाई साक्षी राखेनि लगाव किन होला?

समर्पण
ज्योति अनिश्चित।
कनपा 1
2077-05-17