Saturday, June 13, 2020

अञ्जलीलाई आभाष।

जानी नजानी गल्ती भए माफी हुन्छ नि।
म अफ्ट्यारोमा परभनेे इन्साफी हुन्छ नि।

तिमीलाई ठेस लाग्नै दिन्न आँखै चिम्लेपनि
यदि म लडे भने प्रिया बैसाखी हुन्छ नि।

जीवनमा कहिलै तिमीलाई एक्लै बनाउँदिन
यदि एक्लै परेँ जगतमा साथी हुन्छ नि।

तिम्रो निश्चलता अनि बिस्वासको भरोसामा
अलि चन्चल छौ सानु सावधानी हुन्छ नि।

तिमीलाई बन्द नयनमा आभाष गराउन सकुँ
मेरो अठोट भन प्रिया आसानी हुन्छ नि।

Friday, June 12, 2020

पत्थर हुन्छ जीवन।

असिमित भए चाह बर्बर हुन्छ जीवन।
न्यानो साँचो मायामा उर्वर हुन्छ जीवन।

जसले छुट्याउँछ सहि र गलत बाटाहरु
लीए लक्ष्य शिखरको प्रखर हुन्छ जीवन।

भरिलो हुन्छन् गह पश्चताप गर्नेहरुको
न्याउरी मारी पछुतो बन्जर हुन्छ जीवन।

डाको छोडी रुनुको नि अर्थ रहन्न सानु
रित्तिएर भावनाहरु पत्थर हुन्छ जीवन।

समर्पण
रचनाः ज्योति अनिश्चित।
2077-02-30

Tuesday, May 26, 2020

स्वयं हारेर आएँ।

माया गर्ने मुटु काटेर अनि बारेर आएँ।
दुख्छ नि मन दुख्दैन भनि टारेर आएँ।

बिस्वास अनि भरोषा नदिलाएको हैन
उनको जिदका अघि स्वयं हारेर आएँ।

प्रेममुना भर्खर पलाउन लागेको थ्यो
पाउलिनु अघि भाँचेर अनि मारेर आएँ।

निस्वार्थ मायामा पनि कसि लाउनुपर्ने
नपलाओस् भनि बन्जरमा सारेर आएँ।

जस्तो रोप्यो त्यस्तै पाइन्छ भन्थ्यौ नि
अरुको नजरमा आँफैलाइ झारेर आएँ।

समर्पण
रचनाः ज्योति अनिश्चित।
जेठ 13 2077

गयौ पाहुना बनेर।

टुसायो बिज बनि प्रेम, भाँचियो मुना बनेर।
खुसी आउँछ भागा बनि, दुःख गुना बनेर।

महत्व पनि यति सारो घट्यो कि जिन्दगीको
सन्तुष्टी मिल्छ चरेस बनि जान्छ दुना बनेर।

जीन्दगीको वृतमा जहिल्यै केन्द्रमै खोजिरहेँ
वृतले छक्याइदियो मलाइ अदृष्य कुना बनेर।

तिमीसँग बिताएका प्रत्येक पल सम्झिन्छु
आयौ बस्यौ आदत बनि गयौ पाहुना बनेर।

कहिलेकाँहि त यस्तो लाग्छ जिन्दगीलाई
बसमा पार्दिउँ कि? मन्तर अनि टुना बनेर।

ज्योति अनिश्चित।
2077 जेठ 13
प्रात 6:42 बजे।

Sunday, May 24, 2020

कसरी होला।

मनमा चिसो कसरी पस्छ होला?
मनभित्रै मान्छे कसरी बस्छ होला?

सपनामा सजाएर यादमा छ जो
उसैको नजरमा कसरी खस्छ होला?

सबैबाट टाढा रहेनि तिमीबाट सकिन
तिम्रो अंगालोले कसरी कस्छ होला?

आँफै मलजल गरि हुर्काएँबढाएँ जो
त्यही पिरिमले कसरी डस्छ होला?

समर्पण
ज्योति अनिश्चित

त्यसैले मनपराएँ।

थोरै जाने अतित लाखमा सय त्यसैले मनपराएँ।
मसँग लागेन राख्यौ कुनै भय त्यसैले मनपराएँ।

तिम्रो चन्चलता, निश्चलता अनि प्रस्टविचारले
गर्यो मनमा प्रेमपालुवा उदय त्यसैले मनपराएँ।

मैले सारा मनका कुरा भने तिमीप्रति तिमीलाइ
मन पर्यो तिम्रो अनुनयविनय त्यसैले मनपराएँ।

हरेक कुरामा सकरात्मकता छ मन नपरे पनि
गर्यो प्रेमको दौडमा विजय त्यसैले मनपराएँ।

भन्छौ नि प्रेम गर्दिन अब मन मरिसक्यो भनेेर
हेर एकफेेर प्रेमको सन्चय त्यसैले मनपराएँ।

तिमी हुन्छ भन युनि औरिकल-भेन्ट्रिकललाई
बनाउँछु आलिसान प्रेमालय त्यसैले मनपराएँ।

समर्पण
रचनाः ज्योति अनिश्चित।
मे 24 .2020

Thursday, May 21, 2020

वुवाको नजरमा।

युगले नबिर्सिने किर्तिमान राख्नु छोरी।
निडर-सहासीको पहिचान राख्नु छोरी।

काम यदि तिम्रो भए औलाहरु नउठोस्
लुब्ध हुनेे खालको इमान राख्नु छोरी।

इराधा सँधै कन्चन होस् बगेको पानीझैँ
टेवा होस् विकासमा ज्ञान राख्नु छोरी।

लच्छिनकी देवी मेरो घरकी रश्मी तिमी
तेज आँखा र तिक्ष्ण कान राख्नु छोरी।

ज्योति अनिश्चित
21 मे 2020

एउटा ढुङ्गाले छालको विकास गर्छ।

फगत एउटा ढुङ्गाले छालको विकास गर्छ।
एक दिनमा एक पल सरस्वतीले वास गर्छ।

स्वभावैले मान्छे अारिसे र इर्ष्यालु हुन्छन्
धोका दिन्छ स्वयं अनि साथको आस गर्छ।

आफ्नो प्रगती हैन अरुको दुर्गतिमा रमाउँछ
त्यसैले त खोजीखोजी सम्भाव्यता नास गर्छ।

थोरै लचिलो भई सहयोगि हात बढाउँछ भने
उसैको काँधमा चढ्छ अनि वदमास गर्छ।

ज्योति अनिश्चित
21 मे 2020

Wednesday, May 13, 2020

प्रेमको दरबारकी रानी।

सहनसशिल, मृदुभाषी, लजालु स्वभिमानी समी।
मिथ्या हुन् तिम्रा विरोधी, सत्यताकी खानी समी।

क्षार भए उनका रिपुहरु, अम्ल भइदिन्छिन् उनी
खगोलमा जस्तै दुःखमा नि मुस्कुराउने सानी समी।

रेसमझैँ मुलायम र सुकोमल छ उनको व्यहभार
लवलिन उनी मेरो प्रेमको दरबारकी रानी समी।

समर्पण
रचनाः ज्योति अनिश्चित।
2077-01-31

Monday, May 11, 2020

परिपक्क र प्रष्ट वक्ता।

सक्छौ भने तिमीजस्तै इमानी बनाइदेउ प्रिया।
परिपक्क र प्रष्ट वक्ता , ग्यानी बनाइदेउ प्रिया।

नातागोता कोहि हुन्नन् आफ्नो दुःख र पिडामा
सुरक्षित आफन्तबाटै सावधानी बनाइदेउ प्रिया।

वेखबर भएँ आँफैबाट दुनियाँबाट पर भाग्दा
दिपछरी प्रभातमा नौलो बिहानी बनाइदेउ प्रिया।

समर्पण
रचना ज्योति अनिश्चित
2077-01-29

Friday, May 8, 2020

अहो! कतै पाइन।

विनयका साथ प्रेम प्रस्ताव राखे र हारेँ।
निकट सम्झे परायलाई मुटु साटे र हारेँ।

तारो भएँ कि सायद म जुनको नजरमा
आधी हैन सम्पुर्ण गल्ती मेरै माने र हारेँ।

चारै दिशा तल र माथि अहो! कतै पाइन
यथार्थ नबुझी स्वयं सम्बन्ध बिगारे र हारेँ।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 26

Thursday, May 7, 2020

तिमीजस्तै बनाइदेउ।

मोहनी छ वोलीमा व्यहभारमा मिठास।
निको तिम्रो बानीहरु मनभित्रको खास।

कार्यक्षेत्रमा अब्बल शिष्ट अनि संस्कारी
ओखती तिम्रो माया यदि भइदिए पास।

झारा भए तिम्रा संघीहरु तिमी अपवाद
तिमीजस्तै बनाइदिए पाउँनेथ्यौ स्यावास।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 25

Wednesday, May 6, 2020

तिम्रो अभावमा।

मनभित्र तिमीलाई तस्विरमा राखेर।
न्यानो मायाको जन्जीरमा राखेर।

जे जति बग्छ रक्तनलीमा सानु
सदैव सँगै वहने समिरमा राखेर।

खडेरीझै लाग्छ तिम्रो अभावमा
तिम्रो पीरहरु मेरो शिरमा राखेर।

वचन दिन्थे तिमीसँगै जिउनेमर्ने
डाकेर तिमीलाई मन्दिरमा राखेर।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 24

Monday, May 4, 2020

विवाहउत्सव एक नयाँ जन्मोत्सव।

सुरु हुन्छ नयाँ संसार सजाउनु छ पराय घर।
पराय नि आफ्नो हुने यो नयाँ जन्म हैन र?

जन्मै पाएको छोडी अँगाल्नुपर्ने पतिको थर
पराय थर स्वीकार्नुपर्ने यो नयाँ जन्म हैन र?

आफ्ना साथीसंघी छोडी जानुपर्ने अर्कै सहर
जन्मघरलाई छोड्नुपर्ने यो नयाँ जन्म हैन र?

कहाँ सजिलो होला सायद कुण्ठित होला रहर
पतिकै लागि बाँच्नुपर्ने यो नयाँ जन्म हैन र?


रचना : ज्योति अनिश्चित।
2077 बैशाख 22

Sunday, May 3, 2020

किञ्चित खुसी।

संघीले नि बुझाएनन् न बुझ्न चाहेँ मैले।
मिथ्या भए वाचाहरु न उस्लाई पाएँ मैले।

पाएर पनि चोटहरु किन मान्दैन यो मन?
काचसरी टुट्यो दिल किन मन पराएँ मैले।

रङ्ग धुमिलहुँदै गयो सामिप्यता टाढा भयो
किञ्चित खुसीमा व्यर्थ दिल दुखाएँ मैले।

समर्पण

रचना : ज्योति अनिश्चित।
2077 बैशाख 21

Thursday, April 30, 2020

नुतन बनाइ तिम्रो दिल।

अग्नि साक्षी गराएर तिम्रो सिउदो भर्न सके प्यारी।
नुतन बनाइ तिम्रो दिल चोखोमाया गर्न सके प्यारी।

पोखिदिन्थे मनका वह रङ्गाइदिन्थे प्रेमका पाना
खग्रास लाग्छ तिमी नहुँदा पासमै पर्न सके प्यारी।

रेशा, धमनी र शिराहरुमा तिम्रै नाम बगाइदिन्थे
लच्छिनकी तिमी, सँगै बाँचे अनि मर्न सके प्यारी।

समर्पण
रचनाः ज्योति अनिश्चित।
2077-01-18

Tuesday, April 28, 2020

निदरीमा मायाप्रेम ।

लवलिन छिन् उनी हरेक सन्ध्यामा उदाउँछिन्।
क्षणिकरुपमा आभष दिई प्रभातमा हराउँछिन्।

मिर्मिरेमा उषालाली र वर्षातमा सप्तरङ्गीधनुको
सुटुक्क रङ्ग चोरी श्रीङ्गारसामाग्री बनााउँछिन्।

वेलावेला निदरीमा मायाप्रेमका कुरा गरेपनि
दिवा स्वप्नामा सिमित तैपनि मोह लगाउँछिन्।

समर्पण
रचना: ज्योति अनिश्चित।
2077 बैसाख 16

परिश्रमी पाखुरालाई चुम्ने।

लक्ष्य दृढ उनको त्यो टाकुरालाई चुम्ने।
ताज भिरी परिश्रमी पाखुरालाई चुम्ने।

सुवास छरेर वरपर नविझाउने नानीमा
वेग वोक्छिन् पवनको, सुुरालाई चुम्ने।

दियोझै लक्षिनकी उनी ज्ञानज्योति छर्ने
रहनदिन्नन् केही अधुरा, पुरालाई चुम्ने।


समर्पण
रचना: ज्योति अनिश्चित।
2077 बैसाख 16

भुपु मायालुलाई पत्र।

तिमीले मारेकी थियौ मन अब जिवित गर्नेछु।
तिमीलाई उदाङ्गो पारेर अरुको हित गर्नेछु।

दर्जनौं खेल खेल्यौ सायद सबैमा जित्यौ होला
लाग्छ नेपालरत्नले तिमीलाइ सम्मानित गर्नेछु।

समय सँधै एकनास नरहला त्यसपछि त्यो खत
प्रेषक म प्रापक तिम्रै नाममा सम्प्रेसित गर्नेछु।

अदालतलेझैँ सम्पुर्ण प्रमाणहरु माग्छौ भनेपनि
ठुलै ढड्डामा यावत तथ्यहरु संचित गर्नेछु।

सुनेकै हौला एकदिन सबैको पालो आउँछ भनेर
मैले भोगेको दिनरातझैँ तिमीलाई भयवित गर्नेछु।

रचना: ज्योति अनिश्चित
2077-1-16

Monday, April 27, 2020

जन्मदिनको शुभकामना।

अनगिन्ती सफलताले चुमिरहोस् जीवनमा।
‌सुशान्ती र खुसियाली झुमिरहोस् जीवनमा।

पोहोरबाट एक वर्ष आजबाट असी कटोस्
खहरेजस्तै होस् रोदन घटिरहोस् जीवनमा।

रेला ठट्टा मजाक हाँसो कहिले कमी नहोस्
लवज मिठो सभ्यशिष्ट फुलिरहोस् जीवनमा।

समर्पण
रचना: ज्योति अनिश्चित
2077-1-15