Friday, May 25, 2018

नविन नाता लगाउँ कि ?

प्रकाशको बेग चोरी तिमीलाई भेट्न आउँ कि ?
ज्ञानी नानीसँग नौलो नविन नाता लगाउँ कि ?

घिर्नी र पाङ्ग्रा जस्तै मिलिमिली तिमी र म
मिलनको नौलो अध्याय आजैबाट थालुँ कि ?

रेसा धमनी र शिराहरुमा तिम्रै नाउँ बग्छ सानु
अनि फुटाएर मुटु पनि तिम्रो तस्विर देखाउँ कि ?

निस्चय नि त्यो मनमा नि थोरै त प्यार होला
स्थाइ होस हाम्रो नाता मनमनै तिमीलाई चाहुँ कि ?

चिताबाट पनि उठुँ लागोस तिम्रो स्पर्श हुँदा खेरी
तगाराहरु हटाइ सारा, तिम्रो हात समाउँ कि ? 

Sunday, May 20, 2018

आफ्नै अच्छाइले पिरोल्छ ।

आजभोलि हरेक दिन थकाइले पिरोल्छ ।
भोक निन्द्रा अनि काम गराइले पिरोल्छ ।

बेलुकी फुर्सद निकालेर मनको बह पोख्छु
अनी फेरी उन्को जवाफ नाइले पिरोल्छ ।

म ननिको थिइन , समयले ननिको बनायो
लाग्दैछ मेरो आफ्नै अच्छाइले पिरोल्छ ।

खै के पाइन्छ पाइन्न समयले देखाउला
तर पनि खाइ न पाइको खटाइले पिरोल्छ ।

झापामा जन्मे झापाली नै हुँ नेपाली पनि
भिराइन्छ ट्याग जाली फट्याँइले पिरोल्छ ।

ज्योति अनिश्चित । 

बरु मरेको बखत चाहिँदैन ।

गर्नु तारिफ अगाडी नै बरु मरेको बखत चाहिँदैन ।
आफ्नै अस्मिता बेची बेची भो जमानत चाहिँदैन ।

केवल हाँसेर बोलिदेउ सत्रु त्यसै क्षय हुनेछ्न्
सत्रुको अगाडी मुस्कान हो अस्त्र तागत चाहिँदैन ।

तिमी सक्छौ भने उमङ्ग र खुशीको व्यापार गर
थालनी गर्न सफा मन काफी छ लागत चाहिंदैन ।

मलाई कहिल्यै आभाष भएन तिमीले माया गरेको
माया मुटुमा लेखिन्छ प्रिया कोरा कागज चाहिँदैन ।

तिमी रित्तिएर पनि पुर्ण हुनेछौ कोसिस गरेर हेर
जती बाँड्यो उति बढ्छ माया प्रिया बचत चाहिँदैन ।

- ज्योति अनिश्चित । 

Thursday, May 10, 2018

~स्व. दाजु पोषण कुमार गौतम(२०४६-२०६४) को गजल

मिलनका उज्याला थिए लाख आश
निभेको दियोझै हरायो प्रकाश ।

अविश्वास पाएँ नि तिम्रो मुटुमा
मैले रुवाएँ कि गडाएँ कि भासमा ? ?

बटुलेर सपना म बाँचिरहन्छु
त्यो आशु सहस्र अनि उच्छ्वास ।

ति सारा सुनौला विपना तिमीलाई
मिलनका उज्याला थिए लाख आश ।।

~स्व. दाजु पोषण कुमार गौतम(२०४६-२०६४) 

Tuesday, May 8, 2018

प्यारी तिमी हौ ।

सागर अनि सगरकी प्यारी तिमी हौ ।
मुहार अनि अधरकी प्यारी तिमी हौ ।

सानु तिमीमा केहि खास त अवश्य छ
त्यसैले त रहरकी प्यारी तिमी हौ ।

ए सानु सुन्छौ तिमी धड्केको भने सुन
हरपल अनि प्रहरकी प्यारी तिमी हौ ।

देख्या छैन भेट्या छैन तै पनि किन ?
मनभित्रका प्रेमिल लहरकी प्यारी तिमी हौ ।

तिमीले पिलायौ खै के नशा लठ्ठिए म
लाग्छ अमृतघडा जहरकी प्यारी तिमी हौ ।

तिमी सुरुङ्गा म कन्क्रीट राजधनीमा
जतै देख्छु तिमी शहरकी प्यारी तिमी हौ ।

केवल तस्विरसँग नै प्रेम बस्यो होला सायद
मेरा यी दुइ नजरकी प्यारी तिमी हौ ।

खै के भनी वर्णन गरौ ए मेरी प्रियतमा
हर गजलका शेर र बहरकी प्यारी तिमी हौ ।



Monday, May 7, 2018

माया मुटुभरी सानु ।


थाहै नपाइ तिमीले चोरेछौ मेरो निदरी सानु
आँखाअघि तिमीलाई नै देख्छु वरिपरी सानु

तिमीसँग बोल्न थाले भोकप्यास सब बिर्सन्छु
तिमीसँग प्रेममा परेछु भन कसोगरी सानु

लोलाएका आँखाले नि तिमीलाई नै देख्छन्
ओठले वर्बाराउँछन् तिम्रै नाम घरीघरी सानु

तिमी जुन रहर बोकी ममा बाँधिन आयौ
पुर्याउँ कि रहर पुरा नाता अजम्बरी सानु

चिरेर देखाउँ कि ? मुटु, धमनी शिराहरु
तिम्रो आकृती अनि माया मुटुभरी सानु

Sunday, May 6, 2018

नफुलेको डाली थिएन ।

सम्झनाका तरेली नआउने प्रभात लाली थिएन ।
तिम्रो मुस्कान आँखाअघी नफुलेको डाली थिएन ।

मैले हारेँ होला सानु गोरेटोका दुइचार घुम्तीहरु
अनी तिम्रो आगमन पछी नजितेको पाली थिएन ।

सानु तिमीलाई कती बुझे बुझाएँ, बुझ्न चाँहे होला
तिम्रो रिक्तता पुरा भयो मनमा अब खाली थिएन ।

तिमी हैनौ पहिलो प्रेम शंका नगर्नु मायामा प्रिया
तिमीसँग प्रेम भयो सत्य हो जुन जाली थिएन ।

मैले रोजेको बाटो हिड्छौ भने आउ हात समाउँछु
रोपौला सँगै उद्यानमा फुलहरु जहाँ माली थिएन ।

मेरो रोजाइ गलत नभए तिमी पनि हैनौ सानु
गल्ती नै भए नि नदोहोर्याउनु भो अब गाली थिएन ।

तिमीलाई नै समर्पित गजल त सुन्छौ नि हैन काली
सायद सुन्छु अब आशाताली जहाँ कतै ताली थिएन । 

Tuesday, April 17, 2018

केही हेरिदैन मायामा ।

रुप रङ्ग उमेर केही हेरिदैन मायामा ।
झुकाव थोर धेर केही हेरिदैन मायामा ।

जोसँग हिड्दा सुरक्षित अनुभव हो माया
न छिटो न अवेर केही हेरिदैन मायामा ।

तिमीले प्रेम गर्यौ होला पहिले कसैसँग
अब फेरी फर्केर केही हेरिदैन मायामा ।

मनले हेरेर आँखाले कैद गरिसकेपछि
दुँनियाले नचाहेर केही हेरिदैन मायामा ।

ज्योति अनिस्चित ।

Friday, April 6, 2018

दोष थियो ।

पिएर आएँ, मेरो हैन मौसमको दोष थियो ।
पिलायो साथीले पिएँ सङ्गमको दोष थियो ।

अनायासै सम्झाइदिए छोडी जाने निठुरीलाई
उनलाई देखेँ प्यालामा अनुपमको दोष थियो ।

आँखाअघि उनकै तस्विर झलझली यादमा
एकैसाथ पिइदिए पानी कमको दोष थियो ।

पुराना ती अतीत सम्झे खाटाहरु उक्के सारा
वेहोशीमै फेरि पिएँ पीडागमको दोष थियो ।

म कहाँ नशामा हुन्थे चियाकफी पिएको भए
त्यसैले त मेरो हैन खुकुरी रमको दोष थियो ।

ज्योति अनिस्चित ।
२०७४-१२-२१ 

भुल भयो ।

तिमीलाई आफ्नु मुटु दिनु भुल भयो ।
बोकेर प्रेमको त्यन्द्रो झिनु भुल भयो ।

म पछीका हजारौं हेरेर हासेकी रैछौ
मेरै लागि हो भनि मस्किनु भुल भयो ।

जसोतसो विपनामा आफैलाई सम्झाउँथे
सपनामा तिमीलाई कल्पिनु भुल भयो ।

तिमीले महत्वकांक्षाको इटहरु थप्दै गर्दा
मेरो सानो झुपडी भात्किनु भुल भयो ।

यी हजारौ मनहरुमा तिमीलाई रोजेपछि
तिमी आफ्नै हौ भनि सम्झिनु भुल भयो ।

वैशमा तिम्रा सहयोगी हातहरु धेरै रैछन्
म छु भनी तिम्रो छेउमा उभिनु भुल भयो ।

म तरेली परेर खोलीछेउमा तिमी बगिगयौ
नियतीको दोष म त्यही अडिनु भुल भयो ।

ज्योति खतिवडा अनिश्चित ।
२०७४-१२-२३ 

Tuesday, April 3, 2018

एक दिन अवश्य आउँछ

एकातिर अनमोल जीवनको सन्चय हुन्छ ।
अर्कोतिर कहालीलाग्दो मृत्युको भय हुन्छ ।

यो स्वार्थी दुनियाँमा खुट्टा तानी चड्नुपर्ने
दुनियाँ पराजित भए उसको विजय हुन्छ ।

ऊ आँखामा छारो हाल्छ अरु अन्धा हुन्छन्
परीक्षा दिनु अगावै परीक्षाफल तय हुन्छ ।

मैले देखेको यथार्थ सबै सपना भैदिन्छ
जब पाउ मोल्नेको पक्षमा निर्णय हुन्छ ।

एक दिन अवश्य आउँछ सत्य त डग्दैन
त्यो दिन मात्र ती धमीराहरुको क्षय हुन्छ ।

ज्योति अनिश्चित ।
२०७४-१२-२०
१०:५० मध्यान्ह

अन्तिम हुन सक्छ ।

थाहा छैन भोलीको बिहानी अन्तिम हुन सक्छ ।
तिमीसँगको मेरो चिनजानी अन्तिम हुन सक्छ ।

मेरो भारी टाउकोको भार हर रात बोक्ने गर्छ
नबोके नि हुन्छ अब सिरानी अन्तिम हुन सक्छ ।

के दियौ मलाई माया खुशी घृणा सम्मान या प्रेम
सायद मलाई तिम्रो निसानी अन्तिम हुन सक्छ ।

घामजुन अस्ताए नि उदाउँछ्न अर्को प्रहरमा
म उदाउन्न मेरो यो कहानी अन्तिम हुन सक्छ ।

तिमी हैनौ पहिलो मेरो अन्तिममा शंका छैन
भनि दिन सक्थें किटानी अन्तिम हुन सक्छ ।

ज्योति अनिश्चित । 

Saturday, March 31, 2018

तिम्रो माया लुकाएँ भने ?

सक्दिन म लुकाउन केवल तिम्रो माया लुकाएँ भने ?
न्यानो मायाको पोको सानु तिम्रोलागि फुकाएँ भने ?

जुनीभरी तिम्रो साथ छोड्दिन म तिमी मेरी हुनुपर्छ
सारा तिम्रा चाहनाहरु पुरा गर्दिन्छु भनि चुकाएँ भने ?

पस्केर माया मुटुबाट तिम्रो खातिर मुटु नै रित्याएर
कोरेर सचित्र तिमीलाई मुटुमा तिम्रो मन दुखाएँ भने ?

टाढा हुन्छु कि समिपमै राख्छौ मलाई कृपया भनिदेउ
म तिमीलाई प्यार गर्छु सानु भन्न हिम्मत जुटाएँ भने ?

रचना ज्योति अनिश्चित । 

Monday, March 12, 2018

नयाँ कहानी तिमी ।

सुसस्कार अनि स्वभिमानी व्यहभारकी खानी तिमी ।
स्वरमा माधुर्यता अनि परिपक्क प्यारी सानी तिमी ।

मिथ्या होला सारा संसार परन्तु अस्लिसा हुने छैनन
तारा जुन भन के माग्छौ उपहार ए मेरी रानी तिमी ।

घिसारेर तनमन सारा मेरो तिमीसामु आउँला सानु
मिल्छ मिल्दैन भन भेट्न; लेख्न नयाँ कहानी तिमी ।

रेशा धमनी र शिराहरुमा नि  तिम्रै नाउँ बगाउँला
तरौँला सँगै प्रेमसागरमा हुनेछैन आत्मग्लानी तिमी ।

रचना ज्योति अनिश्चित ।
समर्पण

सुशील बुहारीको चाहना

रुप र यौवनको चाहना नजरको हुन्छ ।
मिठो र गहकिलो कुरा अधरको हुन्छ ।

समिनामा केहि खास त अवश्य हुनुपर्छ
र त तिमीसँगै जिउने चाह रहरको हुन्छ ।

तिम्रो बारे सुने पछी लाग्यो तिमीजस्तै
सुशील बुहारीको चाहना घरको हुन्छ ।

तिम्रो व्यक्त्तिवदेखी प्रवावित भएर हेर
हराभरा भैदिने इच्छा बन्जरको हुन्छ ।

सम्झनाका तरेलीहरु जसरी बगिदिन्छन्
बगाइदिने पानी सायद नहरको हुन्छ ।

तिमी यसै आत्मिय लाग्यौ थाहा छैन किन ?
न कोही थियो तिमीजस्तो न अर्को हुन्छ । 

Wednesday, March 7, 2018

नराख्नु है साथी ।

मनभित्र द्वेष अनि अहमं भाव नराख्नु है साथी ।
हिजो झ्यापको बेलाको हिसाव नराख्नु है साथी ।

शंकर कविता आदित्य नविनलाई गरेँ हुँला गाली
तिनै शब्द ओल्टाइपल्टाइ लगाव नराख्नु है साथी ।

सुनेँ नितेशले अलिक बढी चित्त दुखाका छन् रे
कहिलेकाहीको भुल हो नकाव नराख्नु है साथी ।

छन दृस्टान्त धेरै गुनासा पनि दिपकबाट होला
सधै एउटै कुराले फेरि दवाव नराख्नु है साथी ।

सुरेशलाई पनि छ्यापिदिएछु सराव सरावी भएर
भूलबस् भनि विर्सिदिएस् अफाव नराख्नु है साथी ।

विराट अजय संजय हरिलाई नि केहि भन्याभए
फेरि पनि माफी माग्छु अफवाह नराख्नु है साथी ।

सुमन टेकु पुष्प रोमन प्रकाश अरुण दाइ पनि
एस्तै रह्यो MSc विदाइ रिसराग नराख्नु है साथी ।

मिल्यौ मिलनको साथ, युगल मामाको मिलनमा
काडा पनि बिझ्न सक्छ गुलाव नराख्नु है साथी ।

हिजो सराव बोल्यो होला आज ज्योती बोल्दैछ
खाली पेटमा विन्ती अब सराव नराख्नु है साथी ।

Monday, March 5, 2018

आफैँलाई बगाइदिएर ।

सम्झनाका तरेलीहरुमा आफैँलाई बगाइदिएर ।
भिजेका यी परेलीहरुमा आफैँलाई बगाइदिएर ।
एउटा हारेको कथा भन्छु सुन्ने हिम्मत छ संघी
सहेँलीबिच अकेलीहरुमा आफैँलाई बगाइदिएर ।

काँडा पनि बगैँचामा रमाउँदैथ्यो फुलहरु माझ ।
एक्लो किन भयो होला फुलबिच काँडा आज ।
बगैँचा त्यै थियो बगैँचे पनि, किन्तु फरक थ्यो
स्थानविशेष, काँडालाई पाउ र फुललाई ताज ।

जुन काँडा गड्यो आँखामा अनि विजायो मुटुमा ।
किन हिजो फेरि त्यही काँडा पनि सुहायो मुटुमा ।
प्रत्यक पलपिच्छे फरक हुन्छ कि चक्षुको दृष्टिकोण
हिजोअस्ती हसाउने मायाले आज रुवायो मुटुमा ।

फाँसी दिएपछि ।

लगनगाँठो पराइले नि अब कसी दिएपछि ।
हाल मेरो के सोध्छौ संघी फाँसी दिएपछि ।

दवेको भाव बाहिर आउला विन्ती नपिलाउ
मन रोए नि हाँसीदिए उनी हाँसी दिएपछि ।

नहिँडेको बाटो हिँडेछु सायद मेरो भुल थियो
पुर्याइ घाट नविन नाता कठै गाँसी दिएपछि ।

अनिस्चित ज्योति । 

Sunday, February 18, 2018

My Feelings for you

केवल सुन्य सुन्यतामा
एकोहोरो एकनासले
एउटा तस्विर
मेरो मानस्पटलमा छाउँछ
मनमनै हल्चल मच्चाउँछ
हरपल सम्झनामा सानु
तिम्रो मात्रै याद आउँछ

अहँ
थाह छैन
कि यो प्रेम
या आकर्षण हो ?
तर यत्ति भन्न सक्छु कि
यो छोटो पलमा
जति तिमी आत्मिय भयौ
लाग्छ
जुनिभर यसरी नै
आत्मिय भइरहनेछौ
तिमी सँधैसँधै
प्रीय भइरहनेछौ

नसोध मलाइ
किन कसरी
आत्मिय भएँ भनेर ?
जुन फुल मन
नपराउनेहरु कमै हुन्छन
तिमी यति सुन्दर छौ कि
मन पराउनेहरु जम्मै हुन्छन

मलाइ पुर्ण कवज
मिठो लवज मन पर्छ
राम्रो संस्कार
प्यार अपार मन पर्छ
खोजिहेरेँ तिम्रो मुटुभित्र
पाएँ मैले सचित्र
मन सुन्दर निर्मल पवित्र

तिमी भन्छौ नि
सानो कुराले नि
विझाउँछ भनेर
सानै कुराले नि
मन रुवाउँछ भनेर
यस्तै सुक्ष्म कुरा
खेलाउनाले
तिमीसँग हरेक दिन
वार्तालापमा आउनाले
देख्ने यी नयनले
तिमिलाई नै हेरिदिँदा
मनभित्रको प्रेमिला भावले
तिमीलाई नै बेरिदिँदा

कहिलेबाट तिमीलाई
मन पराएछु
थाहै भएन
यी आँखालाई
अरु कोही
चाहै भएन

प्रज्ञा
चाहनाले नेटो काट्छ
हरेक चाह पुरा हुदैनन्
एकतर्फी नै सहि
प्रेम झुटा अधुरा हुदैनन्

तिमीलाई प्रेम गर्छु
तिमीतर्फ बाट प्रेम हुनु
जरुरी ठान्दिन
मेरा भावनाहरु पोखिदिएँ
अरु केही कदापी मान्दिन
केवल तिमीबाट स्विकृती
या तिरस्कार

तिम्रो जो विचार

Saturday, February 17, 2018

टुङ्गियो सम्बन्ध

टुङ्गियो सम्बन्ध कारण मेरो मज्बुरी थियो ।
आखिर किन टुङ्गियो उनको उजुरी थियो ।

व्यर्थै मृगको पछी कुदिरहे चक्षुभ्रम भएर 
सारा वनमा सुवाश छर्ने त कस्तुरी थियो ।

सामिप्यताको आभाष मैले कहिल्यै गरिन
सयौं फड्कोको उनको मेरो दुरी थियो ।

सायद बडारिन्नथ्यो होला प्रेमको कसिङ्गर
आफैँ उडाइ लाने मौनताको हुरी थियो ।

सम्बन्धको औचित्य रहदैरहन्न माया नभए
मनमुटु एक नभइ केवल एक धुरी थियो ।

ज्योति अनिश्चित ।