Monday, April 24, 2017

कि त नजाती हुन्छ।

एक दिनको घाती सधैंको घाती हुन्छ।
दु:खमा साथ दिने एउटा साथी हुन्छ।

दिनमा त्रास र बेचैनको जिन्दगी बाँच्छु
एकाग्र त आखिर सुन्सान राती हुन्छ।

छियाछिया भएको छाती देख्दैन कोहि
RMR को मान ९० त मेरो छाती हुन्छ।

तिमी सोच्छौ होला कति मोज छ भनि
ताप छाप र राप जहिल्यै माथी हुन्छ।

अनिश्चित यो जिन्दगीमा ज्योती
कि जाती हुन्छ कि त नजाती हुन्छ। 

जिवन ज्योतिर्मय थिएन ।

ज्योति नाममा थियो, जिवन ज्योतिर्मय थिएन ।
आफ्नै जिन्दगी पनि आँफैलाई निश्चय थिएन ।

कहिले लेखेँ जीतको कथा कहिले गाएँ पिरव्यथा
जीतको नारा गुन्जिन्थ्यो जहाँ विजय थिएन ।

रिक्त मेरो मुटु थ्यो जहाँ माया बाढ्दाबाढ्दा
भित्रैबाट रित्तिएछु मुटुमा केही सन्चय थिएन ।

हिजोसम्म जीवन निराश थियो मन उदास थियो
सायद परिचय तिमीसँग र तिम्रो उदय थिएन ।

ज्योति अनिश्चित
२०७४-०१-०७

Friday, April 21, 2017

थोरै भए नि तिम्रो प्रीत पाउन सक्छु कि ?
माया केवल तिमीसित लाउन सक्छु कि ?

तिमी रचना, तिमी कविता ;कविमन मेरो
तिमीलाई स्वयं बनाइ गीत गाउन सक्छु कि ?

मायामा हुन्न हार ;हुन्न प्रतिस्पर्दा कहिल्यै
मायालुहरुको हुन्छ जीत आउन सक्छु कि ?

थाम्नुपर्छ हात कसैको चलिआएको परम्परा
जोगाउन त्यही रीत समाउन सक्छु कि ?

ज्योति अनिश्चित
सुरुङ्गा झापा । 

Wednesday, April 19, 2017

अनमोल छ भन्छन्, प्यार गजबको।
बुझीनसक्नु यसको, सार गजबको।

आखिर किन आफै पर्छन् थाहा भएनि
जीउनु न मर्नु पार्ने, धार गजबको।

म किन लाउँथे माया जीत हुन्नथ्यो भने
हारेर पनि रमाउँदैछु, हार गजबको।

कस्तो हुन्छ सच्चा कस्तो कच्चा माया
अनौठो यो बन्धनको, तार गजबको ।
मुटु दुख्दा आँखाहरु रुझाएर रोएँ ।
मुटु फाट्यो,सिलाएँ अनि जुझाएर रोएँ ।
मेरो जस्तै मुटु होला मेरो जस्तै माया पनि
बुझ्दै नबुझ्ने मनलाई फेरी बुझाएर रोएँ ।
जब देख्छु झापाको चित्र यो मन कहाँ आड्छ र ?
अनि देख्छु माइखोला पवित्र यो मन कहाँ आड्छ र ?

यो उराठ भुमिबाट कहिले उन्मुक्ती पाउँछु होला ?
सम्झिन्छु बालापनका मित्र यो मन कहाँ आड्छ र ?

सम्झिदैछु त्यो पारीको फाँटमा तिमी र म खेलेको
निस्चल र अबोध बालचरित्र यो मन कहाँ आड्छ र ?

तिमी लाख प्रायत्न गर काठमाडौं मानचित्र राख्नलाई
झापा हुन्छ सदा मनभित्र यो मन कहाँ आड्छ र ?

ज्योति अनिश्चित
२०७३-१२-१०

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

तिमी हाँस्दा जगत् हाँस्थ्यो
आज के भो र
गगन पनि धुम्म छ है
आज के भो र
मुहार पनि फुङ्ग छ है
आज के भो र

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

निश्चल ति नयनले
केही बोल्दै छन्
झिमझिम गर्ने परेलीले
केही खोल्दै छन्
मनको आँधी शान्त पारी
मुख खोल न


मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

त्यो मनमा घाउ भए
यता दर्द हुन्छ
मुहार त्यो फिक्का भए
यता मन रुन्छ

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।

गुलाबी ति ओठहरु
किन खोल्दिनौ
के कुराले चित्त दुख्यो
किन बोल्दिनौ
मनभित्रको गाँठो तिमी
किन खोल्दिनौ

मनभित्र के छ सानु
केही बोल न
मनभित्रको गाँठो तिमी
सबै खोल न
सानु केही बोल न ।


ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा झापा नेपाल ।
हाल काठमाडौ ।

Saturday, April 8, 2017

तिम्रो मायाको अभावमा खडेरिमा परेको छु जस्तो लाग्छ ।
तिम्रो नजरदेखी जानीनजानी तल झरेको छु जस्तो लाग्छ ।

मन  थिएन  समी  तिम्रो  चित्त  दुखाइ  आँशु  बगाउने
भुलबस  केही  कुरामा  गल्ती  गरेको  छु  जस्तो  लाग्छ ।

खुशी  रोपेँ  दु:ख  फल्छ ,  हाँसो  रोपे  आँशु  प्रिया
खुशीको नभइ आशुँरोदनको बिज छरेको छु जस्तो लाग्छ ।

तिमीसँग  मुटु  थियो मेरो अब  रक्तसंचार  रिक्त  भयो
मानौ तिम्रो बियोगमा म पलपल मरेको छु  जस्तो लाग्छ ।

समर्पित
ज्योति अनिश्चित
‎२०७३-१२-२४

Wednesday, April 5, 2017

माया र प्रेम अब प्रतिबन्द लगाउँछु ।
जब आफ्नै आवाज म बुलन्द पाउँछु ।

तिम्रो आदर सम्मानमा दाग लागेछ
तब प्रेमको परिभाषा नि मन्द पाउँछु ।

म के भनुँ तिमीलाई शब्द भेट्टाइन
निस्वार्थमा मायामा स्वार्थको गन्ध पाउँछु ।

ज्योति अनिश्चित
२०७३-१२-२३ 

Tuesday, April 4, 2017

नलुकाएरै सबै सामु एउटा कुरा भन्न सक्छु
 मुना हुनु तिमी मेरि, मदन तिम्रो बन्न सक्छु

आस्था अनि भरोशाको ईटाहरु थप्दै सानु
चार कोठे घर बनाइ खुशीहरु गन्न सक्छु

रङ्गाइ तिम्रो सिउँदो सानु,बिघ्नहरु पन्छाउँदै
यहाँदेखी कोशौसम्म बाटो आँफै खन्न सक्छु


                                उही तिम्रो
ज्योति खतिवडा अनिश्चित

२०७३-१२-२२

Sunday, April 2, 2017

मन भारी थियो उसै परेली धमिलो बनाइदिएँ ।
उसका फगत पाइलाहरु गहकिलो बनाइदिएँ ।
खोज्दैथियो उसले केवल मसंग टाढिने बाहाना
मैले पनि रिसाएर उसलाई सजिलो बनाइदिएँ ।

आजभोलि लाग्छ आँफै उडेको खरानी भएको छु ।
लाग्नसक्छ तिमीलाई पनि जो बेइमानी भएको छु ।
थाहा थियो यस्तै झुटले आँफैलाई हानी गर्छ भन्ने
आखिरी तिम्रो नजरदेखी तल जानीजानी भएको छु ।

ज्योति अनिश्चित
१२-२०-२०७३

Friday, March 24, 2017

नयनहरुलाई रुझाएको छु सानु तिम्रो यादमा ।
कैँयौ खुशीहरु लुटाएको छु सानु तिम्रो यादमा ।
जति बिर्सौं भन्छु उति आइदिन्छ, याद तिम्रो
भुलाउन हिम्मत जुटाएको छु सानु तिम्रो यादमा ।

ज्योति अनिश्चित
२०७३-१२-११

Thursday, March 23, 2017

भुल थ्यो प्रिया फुललाई निमोठी पत्थरलाई पुजेछु ।
तिमीलाई संसार मान्दै गर्दा गाउँघरलाई भुलेछु ।
म निशब्द रहेँ जुन बेला शब्दको खडेरी पर्‍यो
रङ्ग तिमीले फेर्यौ सायद मैले उभयचरलाई बुजेछु ।

ज्योति अनिश्चित
२०७३-१२-१०

Wednesday, March 22, 2017

शुसुप्त थ्यो प्रेम मेरो दायाँ छातीले नि थाहा पाएन ।
दिवा स्वपना बुन्दा बुन्दै रातीले नि थाहा पाएन ।
फुलको बदलीमा पत्थरको प्रहार यसरी भयो कि
म मुर्छा परेको आडैको साथीले नि थाहा पाएन ।

ज्योति खतिवडा अनिश्चित
२०७३-१२-०९ 

Tuesday, March 21, 2017


आफ्नो मन आँफैलाई भारी हुँदै छ ।
हिजो सिम थियो आज टारी हुँदै छ ।
ए भावना! बाटोमा तगारा नबनिदेऊ
मानौं उनको यादको सवारी हुँदै छ ।

समर्पण
ज्योति अनिश्चित ।
२०७३-१२-०८ 

Sunday, March 19, 2017

आशाको किरण हुन्छ गरीबको कुटीमा पनि ।
अन्धकार हराउँछ केवल मधुरो टुकीमा पनि ।
हो! यो मन पत्थर हो, तिमी कुँदिएकी छौ
केवल तिमी धड्किदिन्छौ ढुकढुकीमा पनि ।

ज्योति अनिश्चित
२०७३-१२-०६

Saturday, March 11, 2017

ढुङ्गो पगाल्न गाल्नै पर्छ आमा ।
रिसराग द्वेष फाल्नै पर्छ आमा ।

दुश्मनभन्दा अघि हुनु छ भने
कैले कटुकदम चाल्नै पर्छ आमा ।

तिमीले रोपेको यदि बिषबृक्ष भए
जरैबाट त्यसलाई ढाल्नै पर्छ आमा ।

बाबाको मलिन मुहार देखेर सोचेँ
अन्यायविरुद्द मुद्धा हाल्नै पर्छ आमा ।

उदाङ्ग सबै कुरा पार्नु पनि हुन्न
कतिकुरा नचाही टाल्नै पर्छ आमा ।

धिपधिपे दिपको उज्यालोलाई हेर्न
अन्धकारसम्म दिप बाल्नै पर्छ आमा ।

Jyoti Anischit
3-11-2017

Monday, March 6, 2017



अब बाँकी मेरो जीवन सँगै हुने मन भो प्रिया ।
मनको नाता मनैसँग मनलाई छुने मन भो प्रिया ।

टाढा ताक्छु समिप गुम्छ,चाह छैन ठुलो मेरो
तिमी सँग साथै हाँस्ने सँगै रुने मन भो प्रिया ।

भुइँमै छु म, लक्ष्य हाम्रो धेरै टाढा भए पनि
शिखरथुम्की तिमीसँग सँगै चुम्ने मन भो प्रिया ।

बाटो हिड्दा मैलिएला जीवनपाना तिम्रो मेरो
मैलिएका पाटाहरु साथै धुने मन भो प्रिया ।

ज्योति खतिवडा अनिश्चित
२०७३ फाल्गुण ०६


तिमीसँग नबोल्ने अठोट भएपनि शुभकामना ।
बोल्न-भेट्न रोकावट भएपनि शुभकामना ।

सायद म नै गलत थिएँ होला तिमी नभएनी
सबै सँधै मेरै दोष भएपनि शुभकामना ।

लक्ष्यहिन गोरेटोमा तिमीलाई भेट्टाएँथे
तिनै पाइला अब बोझ भएपनि शुभकामना ।

मदहोशी थिएँ तिमीबिना वेहोशी नै रहेँ
मदहोश वा वेहोश भएपनि शुभकामना ।

जिन्दगीमा कति कुरा सहनुनै जाती हुन्छ
तिम्रा हजारौं आरोप भएपनि शुभकामना ।

2073. 11. 20