Wednesday, April 19, 2017

अनमोल छ भन्छन्, प्यार गजबको।
बुझीनसक्नु यसको, सार गजबको।

आखिर किन आफै पर्छन् थाहा भएनि
जीउनु न मर्नु पार्ने, धार गजबको।

म किन लाउँथे माया जीत हुन्नथ्यो भने
हारेर पनि रमाउँदैछु, हार गजबको।

कस्तो हुन्छ सच्चा कस्तो कच्चा माया
अनौठो यो बन्धनको, तार गजबको ।

No comments:

Post a Comment