Monday, April 24, 2017

बिचमा रङ्गिन छ ।

स्वेत त अस्वेत बिचमा रङ्गिन छ ।
जिवन तिम्रो समिपमा रङ्गिन छ ।

तिमीलाई एकफेर फेरी हेरिदिएँ
तिम्रो अनि मेरो प्रीतमा रङ्गिन छ ।

गाजलु नयन मिलेका दन्तलहर
प्रेमिल भाका र गीतमा रङ्गिन छ ।

कालो केशराशी लहर छ कस्तो ?
मधुर मुस्कानको जीतमा रङ्गिन छ ।

तिमी कोसौँ टाढा रहे पनि समी
मेरो खुशी तिम्रो हितमा रङ्गिन छ । 

No comments:

Post a Comment