Monday, April 24, 2017

प्यार, प्यारी र पियारीमा फरक के होला त ?



प्यार सबैमा हुन्छ
तर सबै प्यारी हुँदैनन्
प्यारी हुँदाहुन् केही
तर सबै पियारी हुँदैनन् ।

प्यार, प्यारी र पियारीमा
फरक के होला त ?
पियारी हुँदाहुन् तर
अरुकोही छहारी हुँदैनन् ।

प्यार प्यारीमा गरिन्छ
पियारीमा पनि
फरक पियारीमा जस्तो
प्यारी घरवारी हुँदैनन् ।

पियारीमा प्यारी र प्यार हुन्छ
उद्यानमा फूलहरु भएझैँ
प्यार र प्यारी फुल हुनसक्छन्
तर फुलवारी हुँदैनन् । 

No comments:

Post a Comment